“एड्स अन्त्यका लागि समानताको सुनिश्चितता” भन्ने नाराका साथ ३५ औँ विश्व एड्स दिवस मनायाे

पाल्पा, आज विश्व एड्स दिवस , विविध कार्यक्रम गरि दशै भर मनाईएको छ ।” एड्स अन्यका लागी समानताको सुनिश्चितता” भन्ने नाराका साथ ३५ औँ विश्व एड्स दिवस मनाइएको छ ।

दिवसको अवसरमा रामपुर नगरपालिकाले पनि बिहिबार एक कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा विश्वमा एड्स संक्रमितको अवस्था ,देशैभर , जिल्ला र नगरमा एड्स संक्रमितको अवस्थाका विषयमा समिक्षा सहित छलफल भएको थियो । कार्यक्रममा बोल्दै रामपुर नगरपालिकाका नगर उपप्रमुख बाल कुमारी थापाले एच आई भि एड्स संक्रमितलाई अन्य मानिस सरह समान व्यवहार गर्नु पर्ने बताउनुभयो । एड्स बारे सचेत हुन आवश्यक रहेको भन्दै संक्रमित व्यक्तिलाई समाजले हेर्ने दृष्टिकोण फरक पार्न नहुने बताउनुभयो ।

कार्यक्रममा नार्डेक नेपालका फिल्ड सहजकर्ता विपना घिमिरेले एड्स बारे मानिसहरुको बुझाई , संक्रमितको अवस्था , न्यूनिकरणका उपाय लगाएतका विषयमा जानकारी गराउदै एड्स बारेको गलत धारणा र डरले समयमै चेकजाँच नहुने सोही कारण झन फैलिने सम्भावना चुनौतिको रुपमा रहेको बताउनुभयो । यस्तै रामपुर नगरपालिका स्वास्थ्य शाखाका तिर्थ ढुंगानाले रामपुर नगरपालिकामा एड्स संक्रमितहरुको अवस्थाको बारेमा जानकारी गराउनु भएको थियो । रामपुर नगरपालिकाको सभाहलमा भएको कार्यक्रमको संचालन रामपुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गिरिराज घिमिरेले गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?