दल्दले बाट डेढ गाउँ तर्फ आउँदै गरेको जिप धौबादीमा दुर्घटना ९ जना घाईते

नवलपुर, पूर्वी नवलपरासीको दल्दले बाट डेढ गाउँ तर्फ आउँदै गरेको जिप विहिबार साँझ दुर्घटना हुँदा ९ जना घाईते भएका छन् । गण्डकी प्रदेश ०४–००१ च ०००६ नम्बरको जिप हुप्सेकोट गाउँपालिका ५ धौबादीको कान्छीपानीमा साँझ जिप दुर्घटना भएकाे हो ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीका अनुसार दुर्घटनामा घाइते मध्ये ३ जनाकाे अवस्था गम्भीर छ । कावासोती बाट आउँदै गरेको जिप राइकोट भन्ने स्थानमा सडकबाट एक सय मिटर तल खसेको तिवारीले बताउनुभय‍ो । गम्भीर घाइते भएका चारमध्ये दुईजना अचेत अवस्थामा रहेको प्रहरीले जनाएको छ। उनीहरूको थप उपचारका लागि अस्पताल लगिदै छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ। जिपमा नौ यात्रु सवार थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?