स्याङ्जाको क्षेत्र नं. २ (१) मा कांग्रेसका भोजराज अर्याल निर्वाचित

वालिङ, स्याङ्जाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ को १ मा नेपाली कांग्रेसका भोजराज अर्याल निर्वाचित हुनु भएको छ । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका मोहनप्रसाद रेग्मीलाई २ हजार ७ सय ३० मतले पछि पार्द‌ै अर्याल प्रदेशसभा सदस्यमा निर्वाचित हुनु भएको हो ।

अाज विहान सम्पन्न प्रदेश सभाको मतगणना अनुसार अर्यालले १५ हजार १ सय ६१ मत प्राप्त गर्नु भएको थियो भने रेग्मीले १२ हजार ४ सय ३१ मत ल्याउनु भएको थियो । २०४९ सालमा तत्कालिन वालिङ गाविसको अध्यक्षमा चयन हुनु भएका अर्याल २०५४ मा वालिङ नगरपालिकाको प्रमुखमा निर्वाचित हुनुभएको थियो । यस पटक वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवारको रुपमा प्रदेश सभा सदस्यमा प्रतिस्पर्धा गर्नु भएको थियो ।उपविजेता रेग्मी २०७४ मा पूर्व प्रदेश सभामा सदस्य हुन् । सत्ता गठबन्धनकै एकीकृत समाजवादीका रामचन्द्र भट्टराईले पनि यहाँ उम्मेदवारी दिनु भएको थियो । पार्टीको निर्देशनमा उहाँले गठबन्धनका उम्मेदवारलाई सघाउने भन्दै आफ्नो उम्मेदवारी निष्क्रिय गराउनु भएको थियो ।

निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मतपरिणाम अनुसार भट्टराईलाई १ सय ७२ मत प्राप्त भएको छ । त्यस्तै प्रतिस्पर्धामा रहेका राप्रपाका सागर गैह्रेले १ हजार ४ सय ५७, मंगोल नेशनल अर्नाईजेशनका राजु गुरुङ्गले ८ सय ६९, स्वतन्त्र उम्मेद्वार धन बहादुर गुरुङ्गले २ सय ९० र राष्ट्रिय जनमोर्चाका हुम बहादुर विश्वकर्माले १ सय १ मत प्राप्त गरेका छन् ।

मंसिर ४ मा सम्पन्न निर्वाचनको मतगणना निर्वाचन आयोगको निर्देशन पछि स्याङ्जा २ मा बुधबार रातिदेखि सुरु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?