पाल्पा ,पाल्पाली समाज पाेखराकाे २९ अैाँ स्थापना दिवसकाे अवसरमा रामपुर पाल्पामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ ।
पाल्पाली समाज पाेखराकाे आयाेजना , रामपुर नगरपालिकाकाे सहकार्य र नेपाल रेडक्रस साेसाईटी कास्कीको प्राविधिक सहयाेगमा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएकाे हाे । रक्तदान कार्यक्रमकाे शुभारम्भ गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले समाजले विभिन्न समयमा उत्कृष्ट कार्यक्रम सञ्चालन गर्दै आएकाे भन्दै समाजले गरेका कामकाे प्रसंशा गर्नुभयाे । पाल्पा भन्दा बाहिर रहे पनि विभिन्न कार्यक्रम मार्फत पाल्पाको बिकासका लागि समाजले अतुलनीय याेगदान पुर्याएकाे बताउनुभयो । पाल्पाको पहिचान र पर्यटकीय क्षेत्रकाे प्रचार प्रसार गरेर समाजले पर्यटनकाे क्षेत्रमा समेत सहयाेग गरेकाे स्मरण गर्दै नगर प्रमुख थापाले समाजकाे निर्माणाधीन पाल्पा हाउस मार्फत यहाँकाे कृषि उपजकाे प्रबर्द्धनमा सहकार्य गर्न आग्रह गर्नुभयाे ।
पाल्पाली समाज पाेखराका अध्यक्ष रेशम रचक थापाले समाजकाे कार्यक्रममा सहकार्य गरेकाेमा रामपुर नगरपालिकालाई धन्यवाद दिदै आगामी दिनमा पनि नगर र समग्र जिल्लाकाे बिकासका लागि सदैव तत्पर रहने प्रतिबद्धता व्यक्त गर्नुभयाे । साथै उहाँले रक्तदान कार्यक्रममा रगत दान गर्ने रक्तदाताहरुलाई धन्यवाद दिनुभयो । रामपुर नगरपालिकाकाे प्राङ्गणमा रामपुर नगरपालिकाका उपप्रमुख बाल कुमारी थापाले रक्तदान गरि शुरुवात गर्नु भएकाे रक्तदान कार्यक्रममा ५३ जनाले रक्तदान गरेका छन् ।
समाजका अध्यक्ष रेशम रचक थापाको अध्यक्षतामा भएको कार्यक्रम रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाको प्रमुख आतिथ्यता सम्पन्न भएकाे हाे । समाजका प्रथम उपाध्यक्ष बालचन्द्र परियारकाे स्वागतबाट शुरु भएकाे कार्यक्रमकाे संचालन महासचिव केशव नेपालले गर्नु भएकाे थियाे । कार्यक्रमका अवसरमा रक्तदान गर्ने र विभिन्न तवरबाट सहयाेग गर्ने व्यक्ति तथा संघ संस्थालाई कदर पत्र , सम्मान पत्र र प्रमाणपत्र प्रदान गरिएकाे थियाे ।
यसैविच स्थापना दिवसकाे अवसरमा धर्माेदय दस अवतार बालन समुहलाई बाध्यवादन सामग्री हस्तान्तरण गरेकाे छ । समाजका अध्यक्ष रेशम रचक थापा र अन्य पदाधिकारीहरुले बालन समुहका सचिव दुर्गा भट्टराईलाई सामग्री हस्तान्तरण गरेकाे हाे ।
