वालिङ, स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा २ मा नेपाली कांग्रेसका महेश भट्टराई विजयी हुनु भएको छ । नेकपा एमाले उम्मेद्वार बुद्धिमान श्रेष्ठलाई १ हजार ७ सय ८६ मतले पराजित गर्दै भट्टराई प्रदेशसभा सदस्यमा निर्वाचित हुनु भएको हो ।
निकटतम प्रतिस्पर्धी एमालेका श्रेष्ठले १७ हजार २ मत ल्याउँदा भट्टराईले १८ हजार ७ सय ८८ मत ल्याउनु भएको थियो । निर्वाचन अधिकृतको कार्यालयका अनुसार उहाँहरु संगै प्रतिस्पर्धामा रहनु भएका राष्ट्रिय प्रजातन्त्र पार्टीका कमल प्रसाद डुम्रेले ८ सय ८४ मत, मंगोल नेशनल अर्गनाईजेशनका खर्क बहादुर थापाले ५ सय २ मत, राष्ट्रिय जनमुक्ति पार्टीका खडक बहादुर झेँडीले ४ सय ९५ र मौलिक जरोकिलो पार्टीका तोयानाथ ढकालले १ सय ३९ मत ल्याउनु भएको छ ।
