पाल्पामा लागुऔषध सहित एक युवक पक्राउ

पाल्पा, प्रहरीले पाल्पा बाट लागुऔषध सहित एक युवकलाई पक्राउ गरेको छ । बगनासकाली गाउँपालिका–२ पोखराथोबाट पोखरा महानगरपालिका–२७ तालचोकका ३९ वर्षीय अनिल साईलाई आईतबार साँझ पक्राउ गरेको हो ।

प्रहरी चौकी आर्यभञ्ज्याङ्गको प्रहरी टोलीले आइतबार दिउँसो पोखराथोक स्थित सिद्धार्थ राजमार्ग सडक खण्डमा चेकजाँच गर्ने क्रममा साईको साथ बाट लागूूऔषध बरामद गरेको हो । बुटवल बाट पोखरा तर्फ जाँदै गरेको ग १३ प ४०३६ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा प्रतिबन्धित लागूऔषध सहित साईलाई पक्राउ गरेको हो ।

प्रहरीले मोटरसाइकलको टुल बक्समा रातो प्लाष्टिकमा पोको पारी लुकाइ छिपाइ गरी राखेको अवस्थामा टोर्केरेक्स् एक सय एमएलको पाँच बोत्तल, निट्राभेट–१० लेखेको नौँ ट्याबलेट, स्याम्पेक्स प्लस लेखेको १६ ट्याबलेट लागूूऔषध फेला पारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एवं डिएसपी वीरेन्द्र थापाले जानकारी दिनुभयो । पक्राउ परेका मोटरसाईकल सहित साईलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?