राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसमा वालिङ–५ का स्वयंसेविकाहरुलाई सम्मान

तिलक गुरुङ
वालिङ, जगतभञ्ज्याङ्ग स्वास्थ्य चौकी वालिङ नगरपालिका–५ स्याङ्जाले महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मान गरेको छ । १९ औ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयम् सेविका दिवसको अवसरमा वालिङ ५ भित्रका ९ जना महिला स्वास्थ्य स्वंयसेविकाहरुलाई सम्मान गरेको हो ।

स्वास्थ्य चौकीले एक कार्यक्रम गरी सम्मान पत्र र दोसल्ला ओढाइ सम्मान गरेको थियो । कार्यक्रममा साविक जगत भज्याङ गाविसका पूर्व अध्यक्ष नर प्रसाद रेग्मी, वालिङ नगर कार्यपालिका सद्स्य जुनु थापा, दलित महिला सदस्य अनिता नेपाली, पूर्व वडा सद्स्य महेश गुरुङ, केश बहादुर थापा, जगत भञ्ज्याङ स्वास्थ्य चौकी व्यवस्थापन समितिका सदस्य कमल चन्द्र खड्का, महिला स्वास्थ्य स्वंय सेविका टीका देवी रेग्मीले मन्तव्य राख्नु भएको थियो । जगत भञ्ज्याङ स्वास्थ्य चौकी प्रमुख यम प्रसाद पौड्यलले स्वंयसेविकाहरु अनवरत रुपमा समुदाय स्वास्थ्य शिक्षा, सुरक्षित मातृत्व, परिवार नियोजन सम्बन्धी परामर्श, स्वास्थ्य सम्बन्धी जनचेतना, आपतकालिन स्वास्थ्य सेवा लगाएतका क्षेत्रमा अतुलनिय सेवा प्रवाह गर्दै आएको बताउँदै प्रोत्साहनका लागि कार्यक्रम गरिएको बताउनुभयो ।

यस्तै मंगलबार वालिङ नगरपालिका ५ का वडा अध्यक्ष छवि आलेको अध्यक्षतामा ११ सदस्य नयाँ जगत स्वास्थ्य चौकी व्यवस्थापन समिति चयन गरिएको छ । वालिङ ५ को सभाहलमा भएको कार्यक्रममा जगत भञ्ज्याङ स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष ढाकाराम पंगेनीको सभापतित्व र स्वास्थ्य चौकी प्रमुख यम प्रसाद पौड्यलको सञ्चालनमा भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?