अन्धकारमुक्ति साकोस रामपुरको केन्द्रिय कार्यालयमा आवद्ध सदस्य स्तरिय साधारण सभा सम्पन्न

पाल्पा , अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेड रामपुर पाल्पाको २४ औं वार्षिक साधारण सभा सेवा केन्द्र स्तरीय सञ्चालन भैरहेको छ । सहकारीले मंसिर २४ गते हुने संस्थाको निर्णय प्रमाणित साधारण सभाका लागि सेवाकेन्द्र स्तरीय साधारण सभा गर्दै आएको छ ।

यसैविच संस्थाले मंगलबार रामपुर नगरपालिका वडा नं. ६ , ७ र ८ भित्रका केन्द्रका लागि विजयपुरमा साधारण सभा सम्पन्न गरेको छ । केन्द्रिय कार्यालयमा आबद्ध सदस्य स्तरिय बार्षिक साधारण सभाको उद्घाटन गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले रामपुरको आर्थिक समृद्धिको लागी सहकारीले महत्वपूर्ण भुमिका खेलेको बताउनुभयो । उहाँले सहकारीले शेयर सदस्यहरुलाई बचत गर्न र व्यवसायी बनाए संगै समग्र नगरको आर्थिक समृद्धिमा टेवा पुगेको बताउनुभयो । “व्यवसाय र उद्यम मार्फत समृद्ध नगर बनाउन लागि रहेका छौँ , विभिन्न वित्तय संस्था संगको सहकार्यमा युवा स्वरोजगार कार्यक्रम अन्तर्गत व्यवसायीलाई लगानी पनि गरेका छौँ” नगर प्रमुख थापाले भन्नुभयो – “सहकारीबाट ऋण जुन उद्देश्यले लिएको हो सोही ठाँउमा लगानी गर्नुस् । ” उहाँले केही सहकारी तथा वित्तिय संस्थाले अनुत्पादक क्षेत्रमा लगाी गर्ने गरेको भन्दै सहकारीले उत्पादनमुलक क्षेत्रमा लगानी बढाउन आवश्यक रहेको उल्लेख गर्नुभयो ।

दरैठाँटी माध्यमिक विद्यालयको सभाहलमा भएको कार्यक्रममा रामपुर नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष दिवाकर देवकोटाले शेयर सदस्यहरुको हितका लागि लगानी गर्न आग्रह गर्दै संस्थाले गरेका कामको प्रशंसा गर्नुभयो । कार्यक्रममा सहकारीका संस्थापक अध्यक्ष मोहन भट्टराई , सल्लहाकार तथा समाजसेवि विष्णु प्रसाद रेग्मी , दरैठाँटी माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण कुमार अर्याल , उज्यालो बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष विष्णुमाया ढकालले बोल्दै संस्थाको प्रगतिको शुभकामना दिनुभएको थियो । यस्तै शेयर सदस्यहरुको तर्फबाट सिर्जना आचार्य , सुनिता राना , धर्मराज ढकालले बोल्दै सहकारीले आम्दानी र बचत गर्न सिकाएको बताउदै व्यवसायीमुखी तालिम संचालन गर्न आग्रह गर्नुभयो ।

साधारण सभाको अवसरमा सहकारीको लघुवित्त कार्यक्रम अन्तर्गत १५ बर्ष पूरा भएका शेयर सदस्यहरुलाई पेन्सन बचतको पास बुक प्रदान गरिएको थियो । अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सागर प्रसाद देवकोटाको अध्यक्षतामा भएको कार्यक्रम रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । संस्थाका उपाध्यक्ष खगेन्द्र प्रसाद न्यौपानेको स्वागतबाट शुरु भएको कार्यक्रमको संचालन सचिव ओम प्रकाश बस्यालले गर्नु भएको थियो ।   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?