“सभ्य समाज निर्माणका लागि कुनै पनि हिंसा सहनु हुँदैन” – रामपुर नगर प्रमुख थापा

पाल्पा, लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत विभिन्न स्थानमा विविध कार्यक्रम गरि मनाई रहेको छ । अभियान अन्तर्गत रामपुर नगरपालिकाका विभिन्न वडामा वडा स्तरिय कार्यक्रमको आयोजना गरि मनाई रहेको छ ।

यसै विच रामपुर नगरपालिका वडा नं. ७ पाल्पाले पनि बुधबार  लैंगिक हिंसा सम्बन्धि अभिमुखिकरण कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा बोल्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले समाजमा हुने विभिन्न खालका हिंसाले समाजलाई नै अप्ठ्यारोमा पु¥याउने भन्दै सभ्य समाज निर्माणका लागी कुनै पनि किसिमको हिंसा कसैले पनि सहन नहुने बताउनु भएको छ । समाजमा महिला महिला विच नै हिंसा हुने र पछिल्लो समय पूरुष हिंसा पनि विद्यामान रुपमा बढेको भन्दै यसको न्यूनिकरणका लागी सवै लाग्नु पर्ने बताउनुभयो । सुनुवाइ हुदैन भन्ने डरले पनि हिंसा सहेर बस्ने तर उजुरी नदिने प्रवृत्तिले झन हिंसा बढेकाे बताउनुभयो ।  “आफु हिंसामा परेर पनि सुनुवाई हुँदैन भन्ने डरले हिंसा सहेर बस्नु पर्दैन, नगर प्रमुख थापाले भन्नुभयो–  विगतको जस्तो समय अहिले छैन जुनसुकै हिंसा अन्याय हो अन्यायमा परेकालाई न्याय दिने निकाय छ ।” लैंगिक हिंसाले समाजमा विभिन्न विकृति तथा नराम्रा घटना घटाउने भएकाले हिंसा रहित समाज निर्माणका लागी  आफैबाट हिंसाको अन्त्य गर्नु पर्ने बताउनुभयो ।

कार्यक्रममा रामपुर नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष दोवराज तिवारीले समाजमा मानसिक र शारिरिक हिंसा हुने गरेको भन्दै गरिबीले पनि बढि हिंसा निम्त्याउने बताउनुभयो । उहाँले यसको अन्त्यका लागी कसैले हिंसा गर्न नहुने र सहन पनि नहुने बताउनुभयो । रामपुर नगरपालिकाका कार्यपालिका सदस्य तथा वडा नं.७ का वडा सदस्य दुर्गा देवि भण्डारी गौतमले अभियानको उद्देश्य माथि प्रकाश पार्नु भएको कार्यक्रममा रामपुर नगरपालिकाका न्यायिक समितिका सदस्य तथा वडा नं. ७ का वडा सदस्य खेमराज अधिकारी , लाली गुराँस मातृ समुहका अध्यक्ष विष्णु ठाडाले बोल्नु भएको थियो । रामपुर ७ किसानबारीमा रहेको योग हलमा भएको कार्यक्रममा सहभागिहरुले महिला तथा बालिका विरुद्धको हिंसा कहिल्यै गर्ने छैनौ ,  हिंसामा उपेक्षा कहिल्यै गर्ने छैनौं , हिंसामा चुप लागेर बस्ने छैनौं ,सवै किसिमको हिंसा न्यूनिकरण गर्न हामी प्रतिबद्ध छौं भन्दै प्रतिबद्धता पत्रमा हस्ताक्षर समेत गरेका थिए ।

रामपुर नगपरालिका  वडा नं.७ का  सदस्य मिठुमाया सुनारको स्वागतबाट शुरु भएको कार्यक्रममा सहभागिलाई धन्यवाद वडा सदस्य मिन बहादुर सिंजालीले ज्ञापन गर्नु भएको थियो भने संचालन वडा सचिव गिता पौडेलले गर्नु भएको थियो ।

“सभ्य समाजको पहिचान, लैंगिक हिंसा विरुद्धको अभियान” भन्ने नाराका साथ रामपुर नगरपालिकाका ४ वटा वडामा कार्यक्रम भएको हो । वडा नं. १, वडा नं. ३, वडा नं. ५ र वडा नं. ७ मा अभियान अन्तर्गतको कार्यक्रम भएको हो । वडा नं. १ को वडा कार्यालयमा भएको  अभिमुखिकरण कार्यक्रममा रामपुर नगरपालिकाका सहायक महिला विकास निरिक्षक सिर्जना रेग्मी र कोलादी प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक कृष्ण तिरुवाले समाजको बर्तमान अवस्था, महिला हिंसाको अवस्था, हिंसाको कारण, न्यूनिकरणको उपाय र कानुनले गरेको व्यवस्थाको बारेमा अभिमुखिकरण प्रदान गर्नु भएको थियो । वडा नं. १ का वडा अध्यक्ष कपिल बहादुर खाँणले हरेक व्यक्ति आफैबाट हिंसाको अन्त्य गर्न सके मात्रै हिंसा रहित समाज निर्माण हुने बताउनुभयो । वडाअध्यक्ष खाँणको अध्यक्षतामा भएको कार्यक्रम वडा सदस्य जीवन माया नेपालीको स्वागत र सचिव तारानाथ पोखरेलको सञ्चालनमा भएको हो  ।

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत रामपुर नगरपालिका वडा नं ५ मा अभिमुखिकरण कार्यक्रम भएको छ । वडाध्यक्ष दुर्गाप्रसाद पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा रामपुर नगरपालिका उपप्रमुख बालकुमारी थापा प्रमुख अतिथी रहनु भएको थियो । कार्यक्रममा प्रमुख अतिथी थापाले यसवर्ष सबै वडामा कार्यक्रम गरि अभियान अन्तर्गत सचेतनाका कार्यक्रम भैरहेको बताउनु भयो । कार्यक्रममा नेकपा एमाले वडा कमिटी अध्यक्ष मिनराज रेग्मी, शिवकुमारी वाग्ले, सुकमाया श्रेष्ठ लगायतले आफ्ना भनाइ राख्नुभएको थियो । कार्यक्रमको सहजिकरण इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरिक्षक लक्ष्मण देवकोटाले गर्नुभएको हो ।   कार्यपालिका सदस्य माया नेपालीको स्वागत बाट सुरु भएको कार्यक्रममा सहभागिलाई धन्यवाद वडा सदस्य ईश्वरी काफ्लेले दिनुभएको थियो ।  कार्यक्रमको संचालन वडा सचिव रजनी भण्डारीले गर्नुभएको हो । यस्तै रामपुर नगरपालिका ३ मा पनि लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत कार्यक्रम भएको छ । महिला समुह, राजनैतिक दल तथा संघ संस्थाका प्रतिनिधिहरुको उपस्थितिमा कार्यक्रम भएको हो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?