कालीगण्डकी आँखा तथा कान उपचार केन्द्र रामपुरको साधारण सभा तथा अधिवेशन सम्पन्न

 

पाल्पा , कालीगण्डकी आँखा तथा कान उपचार केन्द्र रामपुर पाल्पाको सातौँ बार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन शनिबार सम्पन्न भएको छ ।

उपचार केन्द्रका कार्यवहाक अध्यक्ष विनोद कुमार पोखरेलको अध्यक्षतामा भएको साधारण सभा तथा अधिवेशनको उद्घाटन गर्दै नेपाल नेत्र ज्योति संघका केन्द्रिय उपाध्यक्ष सागर प्रताप राणाले सबै कुराको व्यवस्थापन भए मात्र उपचार केन्द्रलाई अस्पतालको रुपमा विकास गर्न सकिने बताउनुभयो । ग्रामिण क्षेत्रका जनताको आँखा स्वास्थ्य सेवा दिई रहेको उपचार केन्द्रलाई व्यवस्थित रुपमा विकास गरि अस्पतालको रुपमा स्थापित गर्न आवश्यक रहेको बताउनुभयो । यसका लागि भौतिक स्रोत र साधन मात्र पर्याप्त नहुने उल्लेख गर्नुभयो । “अस्पताल संचालनका लागी सवै व्यवस्थापन हुन आवश्यक छ , विरामीको चाप , आर्थिक स्रोत , भौतिक निर्माण सवै पुग्न जरुरी छ ” – उपाध्यक्ष राणाले भन्नुभयो । साथै उपचार केन्द्रलाई नेपाल नेत्र ज्योति संघको विधान र नियमावलीलाई टेकेर अघि बढ्न निर्देशन दिनुभयो । यस्तै लुम्बिनि प्रदेश साँसद राजु प्रसाद श्रेष्ठले अब हरेक पालिकामा आँखा उपचार केन्द्र विस्तार हुने भन्दै ति केन्द्रहरुको पनि अस्पतालको रुपमा विकास गर्नु पर्ने बताउनुभयो । साथै संस्थाको विकासका लागी आफुले पनि प्रदेश सरकारबाट पहल गर्ने बताउनुभयो ।

कार्यक्रममा रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले आँखा मानिषको अभिन्न अंग भए जस्तै अस्पताल पनि यस क्षेत्रको ज्योति मात्र नभई संवेदनशील र महत्वपूर्ण क्षेत्र भएको बाताउनु भएको छ । यसको दिगोपना र विकासका लागी सवैको समन्वय , सहकार्य र सहयोग अपरिहार्य रहेको उल्लेख गर्नुभयो । साथै उहाँले आँखा तथा कान उपचार केन्द्रले आगामी बार्षिक कार्यक्रमको रुपमा अघि सारेको विद्यालय स्तरमा आँखा स्वास्थ्य सम्बन्धि कार्यक्रम संचालनका लागी नगरपालिकाले पूर्ण सहयोग गर्ने घोषणा गर्नुभयो । उपचार केन्द्रको विकासका लागि विगत देखि नै सहयाग गरिरहेको स्मरण गराउँदै आगामी दिनमा पनि नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

किसानबारी खेल मैदानको मञ्चमा भएको कार्यक्रममा जापानिज नागरिक समाजसेवि काजुमासा काकिमि ओके बाजे , नेपाल नेत्र ज्योति संघ पाल्पाका अध्यक्ष बुद्धि प्रसाद शर्मा , लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थानका व्यवस्थापक प्रकाश रायमाझी , रामपुर ७ का वडा अध्यक्ष दोवराज तिवारी , रामपुर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष राम प्रसाद ढकाल , नेपाली काँग्रेस रामपुरका नगर सभापति नेत्र प्रसाद भट्टराई , नेकपा एमालेका नगर अध्यक्ष विष्णु प्रसाद रेग्मी , माओवादी केन्द्र रामपुरका अध्यक्ष याम बहादुर सुनार , राष्ट्रिय जनमोर्चा रामपुरका अध्यक्ष पदम पौडेल , एकिकृत समाजवादी रामपुरका अध्यक्ष फणेश्वर गौतम , पृथ्वि टेलिभिजनका व्यवस्थापक कृष्ण प्रसाद पौडेल लगाएतले उपचार केन्द्रले यस क्षेत्रका जनतालाई पु¥याएको सेवा र योगदानको चर्चा गर्दै प्रगतिको शुभकामना दिनुभयो । साधारण सभाका अवसरमा उपचार केन्द्रका कार्यवहाक अध्यक्ष विनोद कुमार पोखरेलले संस्थाको बार्षिक प्रतिवेदन सहित भावि कार्यक्रम प्रस्तुत गर्नु भएको थियो । यस्तै कोषाध्यक्ष ईश्वर लम्सालले उपचार केन्द्रको बार्षिक आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । सञ्चालक समितिका उपाध्यक्ष शुकदेव पोखरेलको स्वागतबाट शुरु भएको कार्यक्रमको संचालन सचिव रुपनाथ गौतमले गर्नु भएको थियो ।

कार्यक्रमका अवसरमा जापानिज नागरिक काजुमासा काकिमि ओके बाजेलाई मानार्थ सदस्य प्रदान गरिएको थियो भने अक्षयकोष संस्थापकहरुलाई सम्मान गरिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?