२४ औं स्थापना दिवसको अवसरमा अन्धकारमुक्ति साकोस द्वारा शेयर सदस्य तथा कर्मचारी पुरस्कृत

पाल्पा, अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्था रामपुर पाल्पाले २४ औं स्थापना दिवसको अवसरमा शेयर सदस्य तथा कर्मचारीहरुलाई पुरस्कृत गरेको छ । सहकारीले बुधबार सहकारीको प्रधान कार्यालयमा कार्यक्रम गरी विभिन्न विद्यामा सेवा केन्द्र अनुसार शेयर सदस्यहरुलाई सम्मान गर्नुका साथै उत्कृष्ट केन्द्र, केन्द्र प्रमुख तथा कर्मचारीहरुलाई पुरस्कृत गरेको हो ।

लघुवित्त संगै संस्थाको ५ वटै सेवा केन्द्रका सदस्यहरुलाई नगद र प्रमाण पत्र सहित सम्मान गरिएको थियो । सम्मान तथा पुरस्कार प्रदान गर्दै संस्थाका संस्थापक अध्यक्ष मोहन भट्टराईले सहकार्यको माध्यम बाट अघि बढ्न खेतको आली बाट सुरु भएको सहकारी अरबौंको पुँजी सहित अघि बढ्दा खुशी लागेको बताउनुभयो । सहकारीको उत्थान संगै शेयर सदस्यहरुको जीवनस्तर सुधारका लागि सबैको सक्रियता र जिम्मेवारीको खाँचो रहेको उल्लेख गर्नुभयो । भट्टराईले राम्रा पक्षलाई अंगाल्दै अघि बढ्न सुझाव दिनुभयो । रामपुर नगरपालिका–७ का वडा अध्यक्ष दोवराज तिवारीले शेयर सदस्यहरुलाई आर्थिकस्तर सुधारको लागि उत्पादनमुखी कार्यमा लाग्नुको विकल्प नभएको बताउनुभयो । सहकारी नगरको गौरवको रुपमा रहेको बताउँदै नगर तथा वडाको तर्फ बाट गर्नु पर्ने आवश्यक सहयोग गर्न तयार रहेको बताउनुभयो ।

संस्थाका सल्लाहाकार कमलराज भट्टराईले व्यवसायिक कृषि तथा पशुपालनमा प्रचुर सम्भावना रहेको भन्दै शेयर सदस्यहरुलाई सहकारीको साहारा लिएर अघि बढ्न अनुरोध गर्नुभयो । संस्थाका सञ्चालक समितिका सदस्य मनोरथ भट्टराईले सहकारीलाई अघि बढाउनु हामी सबैको दायित्व रहेको बताउनुभयो । लेखा सुपरीवेक्षण समितिका संयोजक विष्णु प्रसाद लम्सालले संस्था आर्थिक पादर्शीता र व्यवस्थित रुपमा अघि बढेको बताउनुभयो । कार्यक्रममा उत्कृष्ट हुन सफल शेयर सदस्य ज्ञान प्रसाद भण्डारी, विवेक पौडेल र विजु घिमिरेले आफ्ना भनाई राख्नु भएको थियो । साथै सहकारीले अत्याधुनिक सुविधा सहितको मोबाईल बैकिङ सेवा पनि सुरु गरेको छ ।

संस्थाका अध्यक्ष सागर प्रसाद देवकोटाले शेयर सदस्य संख्या संगै पुँजी वृद्धि हुँदै जाँदा अवसरहरु संगै संस्थाका चुनौति र जिम्मेवारी थपिदै गएको बताउनुभयो । सहकारी शेयर सदस्यहरु प्रति थप जिम्मेवार भएर समय अनुकुल अघि बढी रहेको बताउनुभयो । शेयर सदस्यहरुको सहजताको लागि मोबाईल बैकिङ सञ्चालन गरेको जानकारी दिनुभयो । कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै संस्थाका व्यवस्थापक दिपेन्द्र प्रसाद पौडेलले १० हजार बढी शेयर सदस्यहरु मध्ये बाट कार्यविधि अनुसार उत्कृष्ट छनौट गरी सम्मान गरिएको जानकारी दिनुभयो । अध्यक्ष देवकोटाको अध्यक्षतामा भएको कार्यक्रम संस्थाका उपाध्यक्ष खगेन्द्र प्रसाद न्यौपानेको स्वागत, सहसचिव यम प्रसाद श्रेष्ठको धन्यवाद र सचिव ओम प्रकाश बस्यालको सञ्चालनमा भएको हो ।

सम्मानित हुनेहरुमा नियमित बचत तर्फ रामपुर सेवा केन्द्रका लोक बहादुर कुमाल, रामपुर लघुवित्तका दिलमायाँ थापा, जव्गादी सेवाकेन्द्रका तारा बहादुर कार्की, ताहुँ सेवा केन्द्रका होमनाथ पौडेल,रामटार सेवा केन्द्रका खगेश्वर भट्टराई, सहयोगी सेवा केन्द्रका अन्जु ठाडालाई सम्मान गरेको हो । नियमित ऋण किस्ता भुक्तानी तर्फ रामपुर सेवा केन्द्रका सीता पाठक, रामपुर लघुवित्तका हरिकला श्रेष्ठ, जव्गादी सेवाकेन्द्रका धर्म बहादुर सार्की, ताहुँ सेवा केन्द्रका नितु केसी, ,रामटार सेवा केन्द्रका विन्दु मल्ल र सहयोगी सेवा केन्द्रका मोहमद इब्राहीम मियाँ लाई सम्मान गरेको छ । उत्कृष्ट शेयर सदस्य विद्यामा रामपुर सेवा केन्द्रका सुदिप भट्टराई, रामपुर लघुवित्तका सविना पंगेनी, जव्गादी सेवाकेन्द्रका बालकृष्ण पंगेनी, ताहुँ सेवा केन्द्रका हर्ष बहादुर सारु, रामटार सेवा केन्द्रका अर्जुन खनाल र सहयोगी सेवा केन्द्रका माधव प्रसाद कंडेललाई सम्मान गरेको थियो । उत्कृष्ट कारोबार तर्फ रामपुर सेवा केन्द्रका तारा अर्याल रेग्मी, रामपुर लघुवित्तका सन्जु घर्ति, जव्गादी सेवाकेन्द्रका चन्द्रकुमारी श्रेष्ठ, ताहुँ सेवा केन्द्रका उम बहादुर राना मगर, रामटार सेवा केन्द्रका विबेक पौडेल र सहयोगी सेवा केन्द्रका नारायणप्रसाद ढुङ्गानालाई सम्मान गरेको थियो ।

उत्कृष्ट व्यवसायी तर्फ रामपुर सेवा केन्द्रका बुद्धिलाल बि.क., रामपुर लघुवित्तका ममौती खाम्चा, जव्गादी सेवाकेन्द्रका देव बहादुर जर्घा, ताहुँ सेवा केन्द्रका रुपा काम्मु, रामटार सेवा केन्द्रका ज्ञान प्रसाद भण्डारी र सहयोगी सेवा केन्द्रका टिकामाया अधिकारीलाई सम्मान गरेको थियो । उनीहरुलाई १ हजार राशी सति सम्मान गरिएको थियो । लघुवित्त तर्फको उत्कृष्ट केन्द्रलाई ५ हजार राशी सहित सम्मान गरिएको थियो । पुरस्कृत हुने केन्द्रहरुमा अन्धकारमुक्ति परोपकार महिला केन्द्र, अन्धकारमुक्ति दुर्गादेवी महिला केन्द्र, अन्धकारमुक्ति वर्मु महिला केन्द्र र अन्धकारमुक्ति सक्षम महिला केन्द्र रहेको छ । उत्कृष्ट केन्द्र प्रमुखहरु बिजु घिमिरे, हिरा श्रेष्ठ, नारीसरा काम्मु, र निर्मला अधिकारी भट्टराईलाई २÷२ हजार राशी सहित पुरस्कृत गरिएको हो । यता संस्थाको कर्मचारीहरु मध्ये सहयोगी सेवा केन्द्र बेझाँडका प्रमुख नारायण ढकाललाई नगद २ हजार राशी सहित पुस्कृत गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?