कालीगण्डकी करिडोर अन्तर्गत निकिचौरमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु

पाल्पा, कालीगण्डकी करिडोर अन्तर्गत रम्भा गाउँपालिका-३, पाल्पामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आइतबार साँझ पिपल डाँडा बाट हुँगी तर्फ आउँदै गरेको लु ४ त ७९१६ नम्बरको ट्याक्टर निकिचौरमा दुर्घटना हुँदा रम्भा १ हुँगीका १७ वर्षिय विशाल थापाको मृत्यु भएको हो ।

साँझ ७ बजे भएको दुर्घटनामा थापा सहित ५ जना घाईते भएका थिए । उनको उपचारको क्रममा लुम्बिनी मेडिकल कलेजमा मृत्यु भएको हो । घाईते मध्ये ३ जना स्थानीय स्वास्थ्य चौकीमा उपचार पश्चात डिस्चार्ज भएका छन् । १ जना घाईतेको भने मिशन अस्पतालमा उपचार भैरहेको छ । ट्याक्टर अनियन्त्रित भै सडक बाट १५ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।

दुर्घटना पछि ट्याक्टर चालक फरार रहेका छन् । चालकको खोजी संगै घटनाको अध्ययन भैरहेको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?