रामपुरमा पनि मनाईयो पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस

पाल्पा, पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा देशैभर आज विविध कार्यक्रम भएको छ । यस्तै ठकुरी महासंघ पाल्पाले पनि ३ सय १ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा कार्यक्रम गरेको छ ।

समाजका अध्यक्ष क्याप्टेन हिमाल मल्लको अध्यक्षतामा भएको कार्यक्रम महासंघका केन्द्रिय सदस्य लोकेन्द्र मल्लको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि मल्लले राष्ट्रियताको रक्षा र राष्ट्रिय एकताका लागि सबै एक भएर लाग्नु पर्ने बताउनुभयो । उहाँले राष्ट्र निर्माणमा पृथ्वी नारायण शाहको भुमिकाको चर्चा गर्नुभयो । कार्यक्रममा ठकुरी समाज महासंघ पाल्पाका सल्लहाकार तिलक बहादुर मल्लले नेपाल एकिकरणका लागि पृथ्वीनारायण शाहले गरेको योगदानलाई विर्सन नहुने भन्दै राष्ट्र हितका लागि सवै एक ठाँउमा उभिन आवश्यक रहेको बताउनुभयो ।

रामपुर नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष दुर्गा प्रसाद पोखरेलले समृद्ध देश निर्माण र विकासका लागि राष्ट्रिय एकताको खाँचो औल्याँउदै जातिय सद्भाव कायम गर्दै हरेक समुदाय अघि बढ्नु पर्ने बताउनुभयो । रामपुर ५ रेशम सभाहल मटेरीमा भएको कार्यक्रममा नगर गौशाला रामपुर ६ का अध्यक्ष हुमनाथ न्यौपाने, नेवा समाज रामपुरका राज कुमार श्रेष्ठ, दलित वर्ग उत्थान समाज रामपुरका अध्यक्ष धन बहादुर विक, एकिकृत मगर उत्थान समाजका सदस्य कमल राना, ठकुरी समाज महासंघका सल्लहाकार भलाविक्रम सिंह , सदस्य मिना शाहीले बोल्दै शुभकामना दिनु भएको थियो ।

ठकुरी समाज महासंघ पाल्पाका सचिव कपिल बहादुर खाँणको स्वागत बाट शुरु भएको कार्यक्रमको संचालन दुर्गेश मल्लले गर्नु भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?