तानसेन–१२ मा बसको ठक्कर बाट वृद्धको मृत्यु

पाल्पा, पाल्पाको तानसेन नगरपालिका–१२ मा बसको ठक्कर बाट एक वृद्धको मृत्यु भएको छ । अर्गली तानसेनको भित्री सडक खण्ड अन्तर्गत तानसेन १२ ल्हुङमा बसको ठक्कर बाट तानसेन–१२ की ७७ वर्षीया पुतली विश्वकर्माको मृत्यु भएको हो ।

बिहीबार दिउँसो १ बजेतिर गुल्मी बाट बुटवल तर्फ जाँदै गरेको लु १ ख ८३६१ नम्बरको बसले सोही बस बाट झरे घर तिर जाने क्रममा सोही बसले ठक्कर दिई उनी घाईते भएका थिए । बसको ठक्करबाट घाइते विश्वकर्मालाई उपचारको लुम्विनी मेडिकल कलेज प्रभासमा पठाईएको थियो । उनलाई चिकित्सकले मृत घोषणा गरेको थियो ।

घटनापछि प्रहरीले बस चालक ३० वर्षका खिमबहादुर विकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?