रेडक्रस सोसाइटी रामपुरको सातौं साधारण सभा तथा चौथो अधिवेशन, सभापतिमा पुन : भट्टराई चयन

पाल्पा, नेपाल रेडक्रस सोसाइटी रामपुर उपशाखा रामपुर पाल्पाको सातौं साधारण सभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ । रामपुर उपशाखाले शुक्रबार रामपुर ७ किसानबारीमा कार्यक्रम गरी साधारण सभा संगै अधिवेशन सम्पन्न गरेको हो ।

रामपुर नगरपालिका ७ किसानबारी स्थित योग हलमा भएको कार्यक्रम उट्घाटन गर्दै लुम्बिनी प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठले नेपाल रेडक्रस सोसाइटीले सामाजिक सेवा संगै विपद् व्यवस्थापनमा खेल्दै आएको भुमिकाको प्रशंसा गर्नुभयो । उहाँले रेडक्रसले मानव सेवाको लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा महत्वपूर्ण योगदान दिएको बताउँदै सेवामा लाग्न प्रेरित गरेको बताउनुभयो । नेपाल रेडक्रस सोसाइटी रामपुर उपशाखाका आजीवन सदस्य समेत रहनु भएका श्रेष्ठले रेडक्रसको कार्यलाई सहयोग गर्न प्रदेशमा पनि आवाज उठाउने बताउनुभयो ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखाका पूर्व उपसभापति देवराज ढकाल, आजीवन सदस्य विष्णुमायाँ ढकाल र नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखाका कार्यक्रम अधिकृत विनोद भारतीले आफ्ना भनाई राख्नु भएको थियो । साधारण सभाको अवसरमा सभापति मनोरथ भट्टराईले उपशाखाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै भावी रणनीतिको बारेमा जानकारी गराउनु भएको थियो ।

साथै अधिवेशनले पुन : मनोरथ भट्टराईको सभापतित्वमा ११ सदस्य समिति चयन गरेको छ । शाखाको उप–सभापतिमा लक्ष्मी पौडेल, सचिवमा तिल बहादुर श्रेष्ठ, कोषाध्यक्षमा दुर्गा प्रसाद भट्टराई, सह–सचिवमा मन्जु पोखरेल, सह कोषाध्यक्ष बिष्णु लम्साल, सदस्यहरुमा देवराज ढकाल, टका देवी भट्टराई, विष्णु बस्याल, कमल श्रेष्ठ र जनक राज ढकाललाई चयन गरेको छ ।

कार्यक्रम उपशाखाका सभापति मनोरथ भट्टराईको अध्यक्षता, नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखाका सदस्य कमलराज भट्टराईको स्वागत र उपशाखाका आजीवन सदस्य तिल बहादुर श्रेष्ठको सञ्चालनमा भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?