एकिकृत मगर उत्थान समाजको छैठौं अधिवेशन सम्पन्न, देव बहादुर थापा मश्राङ्गीको अध्यक्षतामा नयाँ समिति चयन 

पाल्पा, एकिकृत मगर उत्थान समाज रामपुर पाल्पाको छैठौं अधिवेशन सम्पन्न भएको छ । माघे संक्रान्तिको पूर्व सन्ध्यामा माघेसंक्रान्ति विशेष कार्यक्रम तथा सम्मान कार्यक्रमका साथ समाजले अधिवेशन सम्पन्न गरेको हो ।

अधिवेशन तथा माघेसंक्रान्ति विशेष कार्यक्रमको उट्घाटन गर्दै लुम्बिनी प्रदेशका पूर्व मन्त्री एवं वर्तमान प्रदेश सभा सदस्य विर बहादुर रानाले मगर समुदायको उत्थानको लागि शिक्षामा विशेष जोड दिनु आवश्यक रहेको बताउनुभयो । राज्यले पछि परेका सबै समुदायको उत्थानको लागि संविधानमै विशेष व्यवस्था गरेको उल्लेख गर्दै अब सक्रिय भएर लाग्ने समय आएको बताउनुभयो । रानाले विगतमा माघेसक्रान्तिको अवसरमा तीर हान्ने प्रचलन रहेको र त्यसले निशाना बनाएर शिकार खेल्न तथा शत्रुलाई परास्त गर्न सक्षम बनाए जसरी अब शिक्षामा निशाना बनाएर अघि बढ्नुको विकल्प नरहेको बताउनुभयो ।

      उहाँले भन्नुभयो, “जसरी हाम्रा पुस्ताले विगतमा शिकार र शत्रु संग लड्नको लागि माघेसक्रान्तिमा तीर हान्ने प्रचलन चालेका थिए । त्यसरी नै अबको ध्यान शिक्षामा केन्द्रित गर्नु पर्छ । शिक्षा बाट मात्र सामजिक, राजनैतिक र आर्थिक रुपान्तरण सम्भव छ ।” रानाले अन्य समुदायले जसरी मगरलाई इमान्दार र सोझो समुदायको रुपमा हेर्दै आएकोमा अब हाम्रो स्वभाव आफै तिर फर्किएर हेर्ने समय आएको बताउनुभयो ।

कार्यक्रममा रामपुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख कपिल बहादुर खाँणले भाईचाराको सम्बन्ध स्थापित गर्न मगर समुदायको ठूलो योगदान रहेको बताउँदै मगर समुदायको उत्थानको लागि नगरपालिका सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता जनाउनुभयो । कार्यक्रममा नेपाल राष्ट्रिय मगर संघका केन्द्रिय सदस्य ज्ञान बहादुर गाहाले एकताको माध्यम बाट मौलिक भाषा, संस्कृति, रितिरिवाजको जगर्ने गर्दै शैक्षिक, राजनैतिक र आर्थिक उत्थानमा लाग्ने समय आएको बताउनुभयो । नेपाल मगर संघका केन्द्रीय सदस्य क्याप्टेन धन बहादुर रानाले मगर भाषा र लिपी हराउँदै गएकोमा चिन्ता व्यक्त गर्दै संरक्षणका लागि लाग्नु पर्नेमा जोड दिनुभयो ।

अन्तराष्ट्रिय विपि चिन्तन प्रतिष्ठानका अध्यक्ष सन्दिप रानाले विगतमा मगर समुदायले राष्ट्र र राष्ट्रियता संगै समाज परिवर्तनको लागि ठूलो योगदान दिएको बताउँदै अब इतिहासको स्मरण गर्दै भविष्यमा समुदायलाई कुन दिशा तर्फ लौजाने भन्ने सोच्ने समय आएको बताउनुभयो । कांग्रेसका लुम्बिनी प्रदेश प्रतिनिधि श्यामकान्त खनालले एकिकृत मगर उत्थान समाजले एकताको सन्देश प्रवाह गरेर अन्य समुदायलाई पनि उत्प्रेरणा प्रदान गरेको बताउनुभयो ।

नेपाली कांग्रेस रामपुरका सचिव चिरन्जीवि सिग्देल आफ्नो लक्ष्य अनुसार अघि बढ्न आग्रह गर्नुभयो । नेकपा एमाले रामपुर नगर कमिटीका अध्यक्ष विष्णु प्रसाद रेग्मीले विगतका इतिहासलाई स्मरण गर्दै नयाँ आयाम कायम गर्नका लागि मगर समुदाय आर्थिक समृद्धि तिर अघि बढ्नु पर्ने बताउनुभयो । नेकपा माओवादी केन्द्रका रामपुर नगर कमिटी अध्यक्ष यम बहादुर सुनारले मगर समुदाय पछिल्लो समय राज्यको उच्चतह सम्म नेतृत् वगर्न सक्षम रहेको बताउँदै सबै समुदायलाई एकतावद्ध गरेर अघि बढ्न अनुरोध गर्नुभयो । कार्यक्रममा रामपुर ९ का वडा अध्यक्ष दिल बहादुर रानाले संस्कृतिको संरक्षणका लागि युवा पुस्तालाई पनि साथमा लिएर अघि बढ्नु पर्नेमा जोड दिनुभयो । रामपुर ७ का वडा अध्यक्षदोवराज तिवारीले मगर समुदाय समाज रुपान्तरणको संवाहक रहेको बताउनुभयो । रामपुर ५ का वडा अध्यक्ष दुर्गा प्रसाद पोखरेलले मगर समुदायले गौरवशाली इतिहास संगै इमान्दार र कर्तव्यनिष्ठको पहिचान बनाउन सफल भएको बताउनुभयो ।
नेपाल राष्ट्रिय मगर संघ पाल्पाका सभापति झमन राज मगरले मगर समुदायकाृे भेषभूषा र संस्कृतिको संरक्षणको एकजुट भएर लाग्नु पर्ने बताउनुभयो । कार्यक्रममा कार्यक्रममा समाजका सहअध्यक्ष एवं रामपुर ५ का वडा सदस्य नरेन्द्र कुमार जर्घा, नेपाल मगर संघ रामपुरका नगर अध्यक्ष थर्क बहादुर राना, एकिकृत मगर उत्थान समाजका सल्लाहाकार लुक बहादुर विरकट्टा र मञ्जु देवी रानाले आफ्नो भनाई राख्नु भएको थियो । समाजका अध्यक्ष राम बहादुर हिस्की थापाले एकिकृत मगर उत्थान समाजले गरेका काम र प्रगतिको बारेमा जानकारी दिनु भएको थियो ।
कार्यक्रमको अवसरमा रामपुर नगरपालिका बाट निर्वाचित मगर समुदायका जनप्रतिनिधिहरुलाई सम्मान गरिएको थियो । समाजका अध्यक्ष राम बहादुर हिस्की थापाको अध्यक्षतामा भएको कार्यक्रम उपाध्यक्ष दुर्गादेवी रानाको स्वागत बाट सुरु भएको थियो ।सहभागीहरुलाई धन्यवाद अक्षयकोष संयोजक क्याप्टेन देव बहादुर थापा मश्राङ्गीले ज्ञापन गर्नु भएको थियो भने सञ्चालन समाजका सचिव राम बहादुर रानाले गर्नु भएको हो ।

समाजको छैठौं अधिवेशनले क्यप्टेन देव बहादुर थापा मश्राङ्गीको अध्यक्षतामा सर्वसहमतिमा नयाँ कार्यसमिति गठन गरेको छ । समितिको सहअध्यक्षमा नरेन्द्र कुमार जर्घा, उपाध्यक्षमा दुर्गा देवी राना, सचिवमा जमुना राना, सहसचिवमा कमल राना, कोषाध्यक्षमा अनिता राना, सहकोषाध्यक्षमा धन बहादुर थापा (रामप्रसाद) लाई चयन गरेको निर्वाचन समितिका संयोजक तुल बहादुर थापाले जानकारी दिनुभयो ।

समितिको सदस्यहरुमा विष्णु सारु, विष्णु बहादुर राना, चेत बहादुर हिस्की, दान बहादुर हिस्की, खुममायाँ राना, गंगा राना, अमिर बहादुर राना, सुस्मा आले, ग‍ोविन्द बहादुर थापा, सुर्य चितौरे राना, टोप बहादुर राना, देव बहादुर बराल, लिला बहादुर दर्लामी, डोलमायाँ गाहा, गिरमान अाले, हरि राना, हुम बहादुर मश्राङ्गी, डिल बहादुर बयाम्बु, राममायाँ सोती, पूर्ण बहादुर थापा, चल कुमारी थापा, कृष्ण कुमारी राना, मोहन सिं राना लगाएतलाई चयन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?