रमा भण्डारी
पाल्पा, ग्लोबल आइएमई बैंक शाखा कार्यालय रामपुर पाल्पाले कालीगण्डकी आँखा तथा कान उपचार केन्द्रलाई स्टेचर सहित बेड सहयोग प्रदान गरेको छ । शाखाले रामपुर नगरपालिका ७ किसानबारी स्थित कालीगण्डकी आँखा तथा कान उपचार केन्द्रलाई शुक्रबार एक कार्यक्रम गरी सामाग्री प्रदान गरेको हो ।
कार्यक्रममा अस्पतालका कार्यबाहक अध्यक्ष विनोद कुमार पोखरेल र व्यवस्थापक सुन्दर रानालाई ग्लोबल आइएमई बैंक रामपुर शाखाका प्रमुख बाबुराम लम्सालले सामाग्री प्रदान गर्नु भएको हो । शाखाले अस्पताललाई ४० हजार रुपैयाँ बराबरको आँखाको अप्रेसन पछि विरामीलाई आराम गर्ने बेड तथा स्टेचरको प्रदान गरेको हो । बैंकले संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न विद्यामा सहयोग गर्दै आएको ग्लोबल आइएमई बैंक रामपुर शाखाका प्रबन्धक बाबुराम लम्सालले बताउनुभयो ।
बैंकले वित्तिय सेवा संगै सामाजिक भावनाका साथ सामाजिक क्षेत्रमा पनि सहयोग गर्दै आएको छ । शाखा कार्यलयले यस अघि पर्यटकिय क्षेत्र तालपोखरामा पर्यटकियहरुको लागि विश्राम गर्ने १ लाख बराबरको २ वटा सिटर र शाखाको सेवाक्षेत्रमा पर्नै उत्कृष्ट तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृति प्रदान गरेको प्रमुख लम्सालले बताउनु भयो । बैंकले आगामी दिनमा पनि समाजिक क्षेत्रमा काम गर्ने बताएको छ । शाखा कार्यालय रामपुरलाई सहयोगको लागि कालीगण्डकी आँखा तथा कान उपचार केन्द्रका कार्यबाहक अध्यक्ष विनोद कुमार पोखरेलले धन्यबाद दिनुभएको थियो ।
कार्यक्रमको संचालन ग्लोबल आइएमई बैंक रामपुर शाखा कार्यलयका रिलेशन सिप मेनेजर कष्ण भट्टराइले गर्नु भएको हो । शाखाले अप्रेसन शिविरकै अवश्वर पारेर अस्पतालमै पुगेर सामाग्री प्रदान गरेकोमा अप्रेसनमा आएका विरामीहरुपनि खुशी भएको शाखाका कर्मचारी सुदिप गौतमले जानकारी दिनुभयो ।