पाेखरा, पोखरामा आइतबार बिहान विमान दुर्घटना भएकाे छ ।
यति एयरलाइन्सको विमान पाेखरामा दुर्घटना भएकाे हाे । जहाजमा चालक दलसहित ७२ यात्रु सवार रहेको बताईएकाे छ ।

बिहान साढे १० बजे काठमाडौंबाट पोखराका लागि उडेको ९ एन–एसीएनसी विमानमा चालक दलका ४ जना सहित ६८ यात्रु सवार रहेकोमा ३ जना शिशु र ३ जना बालबालिका थए । पोखरा अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा पुरानो एअरपोर्ट र नयाँ एअरपोर्टको बीचमा रहेको सेती किनारमा दुर्घटना भएको हो ।
पोखरा अन्तर्राष्टिय विमानस्थलले उद्धार कार्य जारी रहेको र घटनामा के कति क्षति भएको एकिन हुन बाँकी रहेको जनाएको छ । आगाे नियन्त्रणमा आए पछि उद्दार कार्य जारी रहेकाे छ ।