चालक दल सहित ७२ यात्रु सवार विमान पोखरामा दुर्घटना, उद्धार कार्यजारी

 

पोखरा, पोखरामा आइतबार बिहान दुर्घटनामा परेको छ । बिहान साढे १० बजे काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलाइन्सको ९ एन–एएनसी विमान सेती दोभानमा खसेको थियो ।

दुर्घटना स्थलमा घाइतेहरुको उद्धार कार्य जारी रहेको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट खटिएका कर्मचारी र नेपाली सेना र प्रहरीसहित स्थानीयहरुले दुर्घटनामा परेका घाइतेहरुको उद्धार गरिरहेका छन् । विमान खोंचमा खसेको कारण उद्धारमा कठिनाई भइरहेको जिल्ला प्रशासन कार्यालय कास्कीमा प्रजिअ टेकबहादुर केसीले जानकारी दिनुभयो ।

विमानमा चालक दलका ४ जना सहित ६८ यात्रु सवार थिए । ६८ यात्रुमध्ये ३/३ जना शिशु तथा बालबालिका र ६२ वयस्क रहेका छन् । पोखरा अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा पुरानो एअरपोर्ट र नयाँ एअरपोर्टको बीचमा रहेको सेती किनारमा दुर्घटना भएको हो । पोखरा अन्तराष्ट्रिय विमानस्थलले उद्धार कार्य जारी रहेको र घटनामा के कति क्षति भएको एकिन हुन बाँकी रहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?