विमान दुर्घटनाको शोकमा भोली सार्वजनिक विदा दिने सरकारको निर्णय

काठमाडौ, सरकारले माघ २ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनाको शोकमा विदा दिने निर्णय गरेको हो ।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले सरकारले एक दिन शोक मनाउने निर्णय गरेको जानकारी दिनुभयो । मन्त्रिपरिषद्को बैठकले उक्त घटनाको कारण जाँच गर्नका लागि पाँच सदस्यीय जाँच समिति पनि गठन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?