नेपाल प्रेस युनियन लुम्बिनी प्रदेशको अध्यक्षमा गौतम

पाल्पा, नेपाल प्रेस युनियन लुम्बिनी प्रदेशको प्रथम अधिवेशन दाङमा सम्पन्न भएको छ । गए राती सम्पन्न अधिवेशन बाट दाङका सुदीप गौतम अध्यक्षतामा सर्वसम्मत रुपमा नेतृत्व चयन भएको हो ।

समितिको खुला उपाध्यक्ष जय सिहं केसी, महिला उपाध्यक्षमा शारदा मल्ल, समावेशी उपाध्यक्ष पहलमान घर्ती, महासचिवमा नवीन गिरी, खुला सचिवमा सुर्य भुसाल, महिला सचिव कल्पना डुम्रे, समाबेशी सचिव सम्सेर बिक्रम जिसी, कोषाध्यक्ष सीपी खनाल, र सदस्यहरूमा प्रकास रेग्मी, वसन्त वन्जाडे, तेजेन्द्र केसी, सुदिप भण्डारी, गौरव गिरी, बिस्नु आचार्य, पारस भण्डारी रहेका छन् ।

त्यस्तै सदस्यमा दिलीप खडका, प्रमोद आचार्य, रबीन सर्मा चापागाइ, कृष्ण थापा, सुमन श्रेष्ठ, अनु खनाल, यमकला भुसाल, सिमा भट्टराइ,ओमा कडेल, पुजा पन्थी, दुख हरण यादव, रबीन्द्र यादब र सुरेश परीयार रहेको निर्वाचन समितीले जनाएको छ । त्यस्तै लेखा समिती संयोजकमा मुक्ति प्रसाद न्यौपाने सदस्यमा इन्द्रजीत रेग्मी र प्रकास घिमिरे सर्वसम्मत निर्वाचित भएको अधिबेशनका संयोजक तथा नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष माधब प्रसाद अर्यालले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?