रानीवन तथा बडाभान सामुदायिक वन उपभोक्ता समूह द्वारा जनप्रतिनिधि तथा वन हेरालुलाई सम्मान

पाल्पा, रानीवन तथा बडाभान सामुदायिक वन उपभोक्ता समूह रामपुर–४, पाल्पाले जनप्रतिनिधि तथा वन हेरालुलाई सम्मान एवं अत्ति विपन्न परिवारलाई सहयोग गरेको छ । वन उपभोक्ता समूहको ३२ औं उपभोक्ता भेलाको अवसरमा रामपुर नगरपालिका ४ बाट स्थानीय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरेको हो ।

रामपुर ४ का वडा अध्यक्ष राम बहादुर राना, वडा सदस्यहरु सिमा देवी थापा, कमला देवी नेपाली, मोहन सिं राना र मोहमद अजिम शेखलाई दोसाला तथा प्रमाण पत्र सहित सम्मान गरेको हो । समुहले पूर्व वन हेरालु हेम बहादुर झेंडीलाई नगद सहित सम्मान गरेको थियो । साथै वन उपभोक्ता समुह भित्रका अत्ति विपन्न ४ परिवारलाई नगद सहयोग प्रदान गरेको छ । भेलामा बोल्दै रामपुर नगरपालिका ४ का निवर्तमान वडा अध्यक्ष एक बहादुर नेपालीले सामुदायिक वनमा उपभोक्ता सबैको समान अधिकार रहेकोल बताउँदै वन पैदावारको सदुपयोग संगै संरक्षण र सम्बद्र्धन सबैको दायित्व रहेको बताउनुभयो । भेलामा सामुदायिक रेडियो रामपुरका सञ्चालक समिति उपाध्यक्ष हमिद अली मियाँले वनलाई जोगाउँदै यस बाट उच्चतम लाभ लिनु पर्नेमा जोड दिनुभयो ।

भेलामा रामपुर ४ का वडा सदस्य सीमा देवी थापा, रानीवन तथा बडाभान सामुदायिक वन उपभोक्ता समूहका पूर्व अध्यक्ष मकबुल मियाँ, डिल बहादुर कौशी, थर्क बहादुर राना, सामुदायिक वन उपभोक्ता महासंघ रामपुरका नगर अध्यक्ष मित्रा ढकाल, वन उपभोक्ता समुहका पूर्व उपाध्यक्ष सीता प्रधान, पूर्व सदस्य दुर्गा देवी राना, अनुगमन समितिका संयोजक टेक बहादुर क्षेत्री, सामुदायिक वनका उपभोक्ता एवं शिक्षक मनिराज अधिकारी, दिपेन्द्र भट्टराई र वन हेरालु बालकुमारी थापाले आफ्नो भनाई राख्नु भएको थियो ।

भेलामा वन उपभोक्ता समूहका अध्यक्ष प्रेम बहादुर पोखरेलले वनको आगामी कार्ययोजना र रणनीतिको बारेमा जानकारी गराउनु भएको थियो । त्यस्तै वन उपभोक्ता समुहका कोषाध्यक्ष मोहन सिं रानाले १० लाख ३७ हजार ६६ रुपैयाँ बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । भेलाको निर्णय समुहका पूर्व सचिव लिलादिन मियाँले प्रस्तुत गर्नु भएको थियो । वन उपभोक्ता समुहको कार्यालय देविस्थानमा भएको भेला रानीवन तथा बडाभान सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष प्रेम बहादुर पोखरेलको अध्यक्षता, समुहका सहसचिव सञ्जु परियारको स्वागत, पूर्व उपाध्यक्ष विष्णु जिसीको धन्यवाद र सचिव जुनु शेषको सञ्चालनमा भएको हो ।

उपभोक्ताहरुको भेलाले आगामी कार्यक्रम तथा योजनाहरु पारित गर्नुका साथै यहि माघ ९ देखि ११ गते सम्म सदस्यता नविकरण खुल्ला गर्ने निर्णय गरेको छ । साथै भेलाले ब्लक नं. २ मा सदस्यता नविकरण पश्चात झाडी सफाई गर्ने निर्णय गरेको छ । १ सय ३ हेक्टर क्षेत्रफल रहेको रानीवन तथा बडाभान सामुदायिक वनमा ५ सय ५५ जना उपभोक्ताहरु आवद्ध रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?