रामपुर ६, दुर्गामन्दिर टोलमा वडा स्तरीय खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगिता सुरु

पाल्पा, रामपुर नगरपालिका–६, विजयपुर दुर्गामन्दिर टोलमा शनिबार देखि वडा स्तरीय खुल्ला पुरुष तथा महिला भलिवल प्रतियोगिता सुरु भएको छ । जुनतारा युवा क्लवले आफ्नो दोस्रो वार्षिक उत्सवको अवसरमा युवा जागरण र खेलकुदको उत्थानका लागि प्रतियोगिता सञ्चालन गरेको हो ।

प्रतियोगिताको एक कार्यक्रमका विच शुभारम्भ गरिएको हो । प्रतियोगिताको शुभारम्भ गर्दै रामपुर नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत रामहरी पाण्डेयले युवाहरुलाई एकता बद्धगरि अघि बढाउन खेलकुद सशक्त माध्यम भएको बताउनुभयो ।

माघ १४ गते सम्म हुने प्रतियोगितामा पुरुष भलिबल तर्फ प्रथम, द्धितिय र तृतियले क्रमश नगद ५० हजार, ३० हजार र १५ सहित मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ । त्यस्तै महिला भलिबको विजेता र उपविजेताले नगद २० हजार र १० हजार प्राप्त गर्नेछ ।

क्लवका कोषाध्यक्ष गोविन्द थापाले वार्षिक उत्सवमा सबैलाई समेट्ने गरी भलिबल संगै ४० वर्ष माथिको हाँडी फोर र कक्षा १२ सम्मका विद्यार्थीहरु विचको एकल हाजिर जवाफ प्रतियोगिता हुने जानकारी दिनुभयो । क्लवका अध्यक्ष राजन आलेको अध्यक्षतामा भएको उट्घाटन कार्यक्रम सल्लाहकार देवराज पंगेनीको स्वागत र सदस्य सुस्मा आलेको सञ्चालनमा भएको हो ।

दुर्गा मन्दिर बिजयपुर खेल मैदानमा भएको उट्घाटन खेलमा शिलाकोट स्पोर्ट्स क्ल्व रामपुर ८ लाई सोझो सेटमा पराजित गर्दै दामाचौर भलिबल बिकास क्लव चापाकोट ८ स्याङ्जा विजयी भएको छ । प्रतियोगितामा पाल्पा, स्याङ्जा, तनहुँ लगाएत विभिन्न जिल्लाका समुहहरुको सहभागीता रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?