तेस्रो रामपुर महोत्सव तथा व्यापार मेलाको प्रचार प्रसार उपसमितिलाई पूर्णता प्रदान

पाल्पा, आगामी माघ २७ देखि रामपुरमा हुन गैरहेको तेस्रो रामपुर महोत्सव, कृषि प्रदर्शनी तथा व्यापार मेलाको लागि गठन भएको प्रचार प्रसार उपसमितिले पूर्णता पाएको छ । संघको सभाहलमा बसेको रामपुर क्षेत्रमा क्रियाशिल पत्रकारहरु सहितको भेलाले उपसमितिलाई पूर्णता दिएको हो ।

रामपुर उद्योग वाणिज्य संघको आयोजना र रामपुर नगरपालिकाको संरक्षणमा हुन गैरहेको मेला सम्पन्न गर्नको लागि यस अघि संघका प्रेस संयोजक बासुदेव ढकाल संयोजकत्व, नेपाल पत्रकार महासंघ पाल्पाका सदस्य दुर्गेश मल्लको उपसंयोजकत्वमा उपसमिति गठन भएको छ । भेलाले क्रियाशिल पत्रकारहरुलाई समेटेर पूर्णता दिएको हो । संघका प्रेस संयोजक बासुदेव ढकालको अध्यक्षता तथा संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकाल सहितको पदाधिकारी र पत्रकारहरुको संयुक्त भेलाले आगामी माघ १५ देखि सञ्चार माध्यममा प्रचार प्रसारको कार्यलाई व्यापक बनाउने निर्णय गरेको छ ।

भेलामा संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले हाल सम्मको प्रगतिको बारेमा जानकारी दिदै मेलालाई थप सभ्य र भव्य रुपमा सम्पन्न गर्न सबैलाई आआफ्नो तर्फ बाट सहयोग गर्न आग्रह गर्नु भयो । मेलाको तयारीको कार्य तिव्ररुपमा भैरहेको बताउँदै विगतका मेलाहरुले कार्य सम्पादनमा थप सहजता प्रदान गरेको बताउनुभयो । उहाँले प्रचारप्रसारको लागि कुनै कसर बाँकी नराख्ने बताउनुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?