भूपू सैनिक राईजिङ्ग ईङ्गलिस स्कुलमा विद्यालयमा प्रहरी कार्यक्रम सम्पन्न

पाल्पा, भूपू सैनिक राईजिङ्ग ईङ्गलिस सेकेण्डरी स्कुल रामपुर ५ पाल्पामा विद्यालय प्रहरी कार्यक्रम सम्पन्न भएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत रामपुर नगरपालिका र इलाका प्रहरी कार्यालयका सहकार्यमा विद्यालयमा प्रहरी कार्यक्रम भएको हो ।

विद्यालयमा अध्ययनरत कक्षा ९, १०, ११ र १२ का विद्यार्थीहरुको सहभागीता रहेको कार्यक्रममा ईलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरिक्षक लक्ष्मण देवकोटाले प्रशिक्षण दिदै साईवर क्राईम, लागुपदार्थ, मादक पदार्थ तथ सुर्ती जन्य पदार्थ सेवनले पार्ने असर, बच्ने उपाय, कानुनले गरेको व्यवस्थाको बारेमा जानकारी गराउनु भएको थियो ।

साथै कार्यक्रममा आधारभूत सुरक्षा, ट्राफिक नियम सम्बन्धी प्रशिक्षण दिईएको थियो । ईलाका प्रहरी कार्यालयले सचेतना कार्यक्रम रामपुर नगरका अन्य विद्यालयहरुमा पनि सञ्चालन गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?