“सामाजिक संजालमा आएको आराेपमा मेरो कुनै संलग्नता छैन ” – रामपुर नगर प्रमुख थापा (विज्ञप्ति सहित )

पाल्पा , रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले आईतबार सामाजिक संजालमा आएको आरोप आधारहिन भएको बताउनु भएको छ ।

आईतबार गत स्थानिय तहको निर्वाचनमा नेकपा एमालेका तर्फबाट रामपुर नगरपालिकाका नगर प्रमुखको उमेदवार शिव अर्यालले सामाजिक संजाल फेसबुकमा पाल्पाका दुई नगरपालिका मध्ये एक नगरपालिकाका मेयरले मालपोत कार्यालयमा जागिर लगाईदिन्छु भन्दै आफै तलब बुझि लिएको र कामदारलाई रकम नदिएको भन्ने अभिव्यक्ति आधारहिन र मिथ्या आरोप रहेको बताउनु भएको छ । नगर प्रमुख थापाले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै जनतामा भ्रम फैलाउने उद्देश्यले आएको उक्त अभिव्यक्ति प्रति खेद व्यक्त गर्नु भएको छ । साथै उक्त अभिव्यक्तिले इंगित गर्न खोजिएको विषयबस्तु संग आफु संलग्न नरहेको स्पष्ट पार्नु भएको छ । नगर प्रमुख थापाद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ – “ नेकपा एमालेका तर्फबाट रामपुर नगरपालिकाको प्रमुखका उमेदवार समेत रहेका पेशाले न्याय जस्तो सम्वेदनशिल क्षेत्रमा कार्यरत शिव अर्यालले आफ्नो फेसबुक वालमा आधारहिन , मिथ्या आरोप सहित पाल्पाका २ नगरपालिका मध्ये एकका मेयर भनि मान हानी र चरित्र हत्या गर्ने र जनतामा अनावश्यक भ्रम सिर्जना गर्ने गरी सार्वजनिक गरिएको अभिव्यक्ति प्रति घोर आपत्ति छ ।”

अभिव्यक्तिले आम जनतामा अनावश्यक भ्रम सिर्जना गर्न खोजिएको भन्दै कसैलाई पनि भ्रममा नपर्न अनुरोध समेत गर्नु भएको छ ।  साथै कुनै व्यक्तिले अभिव्यक्ति सार्वजनिक गर्दा आधार र सप्रमाण मात्र अभिव्यक्ति सार्वजनिक गर्न आग्रह गर्नु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?