वालिङमा हेलिकप्टरका पाईलट माथि कुटपिट र अभद्र व्यवहार गर्ने ६ जना पक्राउ

स्याङ्जा, स्याङ्जा प्रहरीले प्रभु एयरको हेलिकप्टरका पाईलट माथि कुटपिट र अभद्र व्यवहार गर्ने ६ जनालाई पक्राउ गरेको छ । हेलिकप्टरका पाईलट रानेश डंगोललाई स्याङ्जाको वालिङमा हेलिकप्टर ल्याण्ड गर्ने क्रममा कुटपिट तथा अभद्र व्यवहार गर्नेहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा यमबहादुर गुरुङ र सुरेश श्रेष्ठ रहेको प्रहरीले जनाएको छ। प्रहरीले हेलिकोप्टर चार्टर्ड गर्ने चार जनालाई पनि पक्राउ गरेको छ। पक्राउ पर्नेमा वालिङ नगरपालिका–९ का विनोद गैरे, सुशील गिरी, उज्वल थापा र खिमबहादुर राना रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता तथा प्रहरी निरीक्षक पदमराज थापाले जानकारी दिनुभयो । गत बिहीबार स्याङ्जाको वालिङ नगरपालिका –८ स्थित मालेबगर खेल मैदानमा फुटवल खेल भईरहेको बेला क्याप्टेन डंगोलले पोखराबाट वालिङ्मा उडान गरी अवतरण गरेका थिए ।

ल्याण्ड भए पश्चात आयोजक पक्ष तर्फका याम बहादुर गुरूङ र सुरेश श्रेष्ठले पाईलट डंगोललाई कुटपिट गरी अभद्र व्यवहार गरेका थिए । उनी माथि कुटपित गर्ने र अभद्र व्यवहार गर्ने ६ जनालाई नै प्रहरीले पक्राउ गरेको हो । प्रहरीले उनीहरुलाई पक्राउ गरी अभद्र व्यवहार सम्बन्धी कसूरमा मुद्धा दर्ता गरी मंगलबार जिल्ला प्रशासन कार्यालय स्याङ्जाबाट म्याद थप गरी थप अनुसन्धान थालेको जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?