रामपुरमा विद्यालयमा प्रहरी कार्यक्रम जारी, रामपुर अंग्रेजी आवासियमा सचेतना कार्यक्रम सम्पन्न

 

पाल्पा, ईलाका प्रहरी कार्यालय रामपुर पाल्पाले सचेतनाका लागि विद्यालयमा प्रहरी कार्यक्रम सञ्चालन गरिरहेको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत कार्यालयले रामपुर नगरपालिकाको सहकार्यमा नगरका विद्यालयहरुमा पुगेर सचेतना कार्यक्रम सञ्चालन गरेको हो ।

यस्तै मंगलबार प्रहरीले रामपुर अंग्रेजी आवासिय माध्यमिक विद्यालय रामपुर पाल्पामा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयमा अध्ययनरत कक्षा ९, १०, ११ र १२ का विद्यार्थीहरुको सहभागीता रहेको कार्यक्रममा ईलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरिक्षक लक्ष्मण देवकोटाले साईवर क्राईम, लागुपदार्थ, मादक पदार्थ तथ सुर्ती जन्य पदार्थ सेवनले पार्ने असर, बच्ने उपाय, कानुनले गरेको व्यवस्थाको बारेमा प्रशिक्षण दिनु भएको थियो ।

साथै कार्यक्रममा आधारभूत सुरक्षा, ट्राफिक नियम सम्बन्धी प्रशिक्षण दिईएको थियो । ईलाका प्रहरी कार्यालयले सचेतना कार्यक्रमलाई बाँकी रहेका नगर भित्रका अन्य विद्यालयहरुमा पनि सञ्चालन गर्ने जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?