रामपुर नगरपालिकाकाे कार्यालयमा डिजिटल नागरिक वडापत्र

पाल्पा , रामपुर नगरपालिकाले डिजिटल नागरिक वडापत्र राखेको छ ।

रामपुर नगरपालिकाले कार्यालयमा सेवा लिन आउने सेवाग्राहीको सहजताका लागि डिजिटल नागरिक वडा पत्र जडान गरेको हो । नगरपालिकाले कार्यालयबाट प्रवहा हुने सेवाको विस्तृत जानकारी सहितको डिजिटल बडापत्र राखेको छ । डिजिटल वडापत्रमा आफुले कुन सेवा लिन चाहेको हो त्यसको बारेमा विस्तृत रुपमा जानकारी राखिएको छ । वडापत्रमा कार्यालयबाट प्रवहा हुने ६० प्रकारका सेवा कसरी लिने , कहाँ लिने र आवश्यक कागजी प्रक्रियाको बारेमा जानकारी राखिएको छ । साथै डिजिटल नागरिक वडापत्र कसरी चलाउने भन्ने संचालन विधि पनि राखिएको छ । सेवाग्रहीले सिधै आफुले लिन चाहेको सेवाको बारेमा आवश्यकता अनुसार स्वयम हेर्न सक्ने छ ।

नगर भित्रका केही वडामा राखिएको र अन्य वडा कार्यालयमा पनि डिजिटल नागरिक वडापत्र राखिने रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानेले जानकारी दिनुभयो । उहाँले डिजिटल नागरिक वडापत्र मार्फत आफुले सेवा लिने स्थान र प्रक्रियाको विषयमा थाहा पाउन सजिलो बनाउने बताउनुभयो । प्रविधिको युग संगै सरल र सहज रुपमा आफुले लिन चाहेको सेवाको विषयमा सेवाग्राहीले जानकारी पाउन सजिलो होस भन्ने उद्देश्यले डिजिटल नागरिक वडापत्र राखिएको रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले बताउनुभयो । प्रविधिको उच्चतम प्रयोग सहित डिजिटल नागरिक वडापत्र राखे संगै हरेक सेवा लिंदा सेवाग्राहीलाई सहज हुने बताउनुभयो ।

रामपुर नगरपालिकाको वडा नं. ४ , ५ र ६ मा पनि डिजिटल नागरिक वडापत्र राखि सकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?