सिद्धार्थ राजमार्गको तिनाउ केराबारीमा टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु

पाल्पा, सिद्धार्थ राजमार्ग अन्तरगत पाल्पाको तिनाउ गाउँपालिका-५, केराबारीमा टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । ना ८ ख ७९२४ नम्बरको टिप्पर बुटवल–पाल्पा सडक खण्डको केराबारीमा दुर्घटना हुँदा गल्याङ नगरपालिका–१ का राम्दीका २२ वर्षिय सरोज न्यौपानेको ज्यान गएको हो ।

बुधबार राती दुर्घटनामा भई टिप्पर सडकबाट खसेपछि घटना स्थलमा पुगेको प्रहरीले बुधबार राती खोजतलास गर्ने अवस्थामा चालकलाई फेला नपारेपछि विहिबार विहान पुनः खोजी गर्ने क्रममा उनी मृत अवस्थामा फेला परेकाे जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । सडक बाट टिप्पर अन्दाजी १ हजार २ समय मिटर तल तिनाउ खोलामा खसेको छ । चालक न्यौपानेलाई खोजी गर्दै जँदा विहिबार तिनाउ खोलाको पानीमा फेला पारेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो । घटना सम्बन्धी थप अनुशन्धान भैरहेको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?