पाल्पा, नेपाल भारत मैत्री संघ जिल्ला कार्यसमिति पाल्पाले रामपुरमा अन्तरक्रिया कार्यक्रम गरेको छ । भारतको ७४ औं राष्ट्रिय गणतन्त्र दिवसको अवसरमा अन्तरक्रिया गरेको हो ।
कार्यक्रममा संघका सल्लाहाकार देवराज ढकालले नेपाल र भारत विचको सम्बन्ध नजिक रहेको बताउँदै सम्बन्धलाई सुमधुर बनाउँदै लैजानु अावश्यक रहेको बताउनुभयो । उहाँले भातृत्व र भाईचारा संगै भारत संग रोजीरोटी पनि सम्बन्ध रहेको उल्लेख गर्दै विकासको पूर्वाधार निर्माणमा पनि महत्वपूर्ण योगदान दिएको बताउनुभयो ।
नेपाली कांग्रेस रामपुर नगर समितिका सभापति नेत्र प्रसाद भट्टराई, नेकपा एमाले रामपुर नगर कमिटी सचिव कृतिनाथ श्रेष्ठ, एकिकृत मगर उत्थान समाज रामपुरका अध्यक्ष क्याप्टेन देव बहादुर थापा मश्राङ्गी, संघका आजिवन सदस्य लक्ष्मी गैरेले भारतको गणतन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त गर्नु भएको थियो । नेपाल भारत मैत्री संघ जिल्ला कार्यसमिति पाल्पाका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले जिल्लामा सञ्चालन गरेका कार्यको बारेमा जानकारी गराउँदै संघ छिमेकी राष्ट्र भारत संगको सम्बन्धलाई प्रगाढ बनाउन लागि परेको बताउनुभयो ।
संघका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा बेझाँडमा भएको कार्यक्रममा सहभागीहरुलाई संघका जिल्ला सदस्य विनोद कुमाल श्रेष्ठले धन्यवाद ज्ञापन गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन आजिवन सदस्य विन्दु श्रेष्ठले गर्नु भएको हो ।