विविध प्रतियोगिता सहित जुनतारा युवा क्लवको दोस्रो बार्षिक उत्सव सम्पन्न

पाल्पा , जुनतारा युवा क्लव रामपुर ६ माझटोल पाल्पाले आफ्नो दोस्रो बार्षिकउत्सव मनाएको छ । क्लवले विविध खेलकुद प्रतियोगिताको आयोजना गरी शनिबार बार्षिक उत्सव कार्यक्रमको समापन गरेको हो ।

प्रतियोगितामा विजेता समुहलाई पुरस्कार वितरण गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले खेलकुदको विकासले खेल क्षेत्रको मात्र नभई समग्र समाजको विकासमा टेवा पुग्ने बताउनुभयो । उहाँले खेलले मानिसलाई मनोरञ्जन मात्र नभई स्वास्थ पनि राख्ने र स्वस्थ मानिसले समाजको विकास गर्न सक्ने बताउनुभयो । उहाँले भन्नुभयो — “खेलले मान्छेलाई मनोरन्जन मात्र होईन शरिरलाई स्वस्थ राख्न पनि सहयोग गर्छ , एउटा स्वस्थ मानिसले मात्र समाजको विकास गर्न सक्छ ।” साथै उहाँले नगरमा रहेका क्लवहरुले खेलकुदमा मात्रै सिमित नभई सामाजिक क्षेत्रमा पनि काम गर्न आवश्यकता रहेको उल्लेख गर्नुभयो । आफ्नो र समाजको पहिचान हुने गरी खेल खेल्न आग्रह गर्दै खेलकुदको विकासका लागि नगरपालिका सधैँ प्रतिबद्ध रहेको बताउनुभयो ।

कार्यक्रममा रामपुर नगपालिका वडा नं. ६ का वडा अध्यक्ष दिवाकर देवकोटाले समाजको पहिचान हुने गरि खेलको विकास गर्न आग्रह गर्दै विजयी समुहलाई बधाई ज्ञापन गर्नु भएको थियो । दोस्रो बार्षिक उत्सवको अवसरमा क्लवले वडा स्तरिय खुल्ला पुरुष तथा महिला भलिबल , हाजिरि जवाफ , हाँडीफोर लगाएतका प्रतियोगिता सम्पन्न गरेको छ । २२ समुहको सहभागिता रहेको पूरुष भलिबल प्रतियोगितामा रामपुर नगरपालिका वडा नं. ३ को समुहलाई हराउदैँ चापाकोट नगरपालिका वडा नं.४ को समुह विजयी भएको छ । यस्तै हरिनास गाँउपालिका वडा नं. ६ को समुह तृृतिय भएको छ । प्रतियोगितामा विजयी हुने समुहले क्रमश नगद ५० हजार , ३० हजार र १५ हजार रुपैयाँ सहित मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । यस्तै बार्षिक उत्सवको अवसरमै भएको एकल हाजिरि जवाफ प्रतियोगितामा प्रथम सक्षम अर्याल , द्धितिय विजय पाठक र तृतिय सुदिप रेग्मी र अंकिता श्रेष्ठ भएको छ ।

जुनतारा युवा क्लवका अध्यक्ष राजन आलेको अध्यक्षतामा भएको कार्यक्रम रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाको प्रमुख आतिथ्यता र सल्लहाकार सुदिप गैरेको संचालमा सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?