पाल्पा, रोटरी क्लव अफ रामपुर पाल्पाले अपाङ्गता भएका व्यक्ति र कालीगण्डकी आँखा तथा कान उपचार केन्द्रलाई ह्वील चियर वितरण गरेको छ । शारिरिक रुपमा अशक्त भई हिडडुल गर्न समस्या भएका रामपुर क्षेत्रका ९ जना व्यक्ति र कालीगण्डकी आँखा तथा कान उपचार केन्द्र रामपुर ७ पाल्पालाई सहायताका लागि ह्वील चियर प्रदान गरेको हो ।
काओ झोंग झी फाउण्डेशन र रोटरी डिस्ट्रिक ताइवान बाट प्राप्त ह्वील चियर बेझाँड बजारमा कार्यक्रम गरी प्रदान गरेको हो । ह्वील चियर वितरण गर्दै लुम्बिनी प्रदेश सभा सदस्य एवं रोटरी क्लव अफ रामपुर पाल्पा संस्थापक अध्यक्ष राजु प्रसाद श्रेष्ठले क्लवले स्थापना देखि सामाजिक कार्य गर्दै आएको बताउनुभयो । रोटरी क्लवको बारेमा प्रष्ट पार्दै श्रेष्ठले सबैलाई समेटेर क्लव सेवा भावका साथ अघि बढेको जानकारी दिनुभयो । आगामी दिन रामपुर क्षेत्रको स्वास्थ्य, शिक्षा लगाएत सामजिक कार्यमा सहकार्य गर्दै अघि बढ्ने प्रतिवद्धता जनाउनुभयो । रामपुर ५ का वडा अध्यक्ष दुर्गा प्रसाद पोखरेलले अपाङ्गता भएका नागरिकहरुको हितको लागि क्लवले गरेको कार्य प्रशंसनिय भएको बताउँदै संघ संस्थाहरु संग सहकार्य गर्न वडा तयार रहेको बताउनुभयो ।
ईलाका प्रहरी कार्यालय रामपुरका प्रमुख प्रहरी निरिक्षक लक्ष्मण देवकोटा, रोटरी क्लव अफ रामपुर पाल्पाका क्लव मेम्बर सीप चियर कृष्ण प्रसाद अर्यालले आफ्नो भनाई राख्नु भएको थियो । रोटरी क्लव अफ रामपुर पाल्पाका अध्यक्ष रुद्रनारायण श्रेष्ठले क्लवको गतिविधि सहित आगामी योजना बारे जानकारी दिनु भएको थियो । रोटरी क्लव अफ रामपुर पाल्पाका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रम रोटरी क्लव अफ रामपुर पाल्पाका इलेक्टेड प्रेसिडेण्ट सागर प्रसाद देवकोटाको स्वागत बाट सुरु भएको थियो । नोमिनी प्रेसिडेण्ट कृतिनाथ श्रेष्ठले धन्यवाद ज्ञापन गर्नु भएको कार्यक्रमको सञ्चालन कोषाध्यक्ष गोविन्द प्रसाद देवकोटाले गर्नु भएको हो ।