भुतखोलामा घुम्न आएका युवकको डुबेर मृत्यु

पाल्पा, पाल्पाको तिनाउ गाउँपालिका ३ भुतखोलामा घुम्न आएका युवकको डुबेर मृत्यु भएको छ । आईतबार साथी संगै घुम्न आएका पालिन्नदन गाउँपालिका २ नवलपरासी पश्चिमका २४ वर्षिय अजिम पठानको मृत्यु भएको हो ।

रुपन्देहीको सिद्धार्थ नगरपालिका २ का २२ वर्षिय दिपक बानिया संगै घुम्न आएका पठान फोटो खिच्ने क्रममा ढुङ्गामा चिप्लिएर भुतखोलाको पोखरीमा खसेका थिए । दिउँसो ३:४० मा सो घटनाको खबर प्राप्त भए संगै प्रहरीले उद्धार गरी उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल पठाएको थियो । उनलाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।

घटनाको विषयमा अनुशन्धान भैरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?