रामपुरमा राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता सुरु

पाल्पा, रामपुर नगरपालिकामा सोमबार देखि राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता सुरु भएको छ । रामपुर नगरपालिकाको आयोजना र दरैठाँटी माध्यमिक विद्यालय रामपुर–६, को व्यवस्थापनमा विजयपुर खेल मैदानमा प्रतियोगिता सुरु भएको हो ।

प्रतियोगिताको मार्चपास सहित एक समारोहका विच उट्घाटन गरिएको छ । प्रतियोगिताको उट्घाटन गर्दै रामपुर नगरपलिकाका नगर प्रमुख रमण बहादुर थापाले विद्यार्थीहरुको बौद्धिक तथा शारिरिक विकासका लागि खेलकुद अपरिहार्य रहेको बताउनुभयो । आफ्नो ठाउँको पहिचानका लागि खेलकुद आवश्यक रहेको भन्दै उच्च मनोबलका साथ प्रतियोगितामा सहभागी हुन आग्रह गर्नुभयो ।

कार्यक्रममा रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लेखनाथ न्यौपानेले खेलकुदल अनुसाशन संगै एकता र सद्भाव कायम राख्न सहयोग गर्ने बताउनुभयो । ईलाका प्रशासन कार्यालय रामपुरका प्रमुख भगवानभक्त अर्यालले स्वास्थ्य संगै राष्ट्रको पहिचान भएको बताउनुभयो । कार्यक्रम माथि प्रकाश पार्दै रामपुर नगरपालिकाका नगर शिक्षा शाखा अधिकृत विकल काफ्लेले १८ गते सम्म प्रतियोगिता सञ्चालन हुने बताउनुभयो ।

आयोजक विद्यालय दरैठाँटी माध्यमिक विद्यालय रामपुर–६ विजयपुरका विद्यालय व्यवस्थापन समिति अध्यक्ष कृष्ण कुमार अर्यालको अध्यक्षतामा भएको कार्यक्रम स्थानीय तह स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समितिका सदस्य सचिव एवं दरैठाँटी माविका प्रधानाध्यापक सुन्दर प्रसाद देवकोटाको स्वागत बाट सुरु भएको थियो । कार्यक्रमको सञ्चालन नवदुर्गा माविका शिक्षक दिपेन्द्र प्रसाद भट्टराई र भूपू सैनिक राईजिङ्ग ईङ्गलिश स्कुलका शिक्षक राधिका केसीले गर्नु भएको हो ।

नगर भित्रका माध्यमिक विद्यालयका विद्यार्थीहरुको सहभागीता रहेको प्रतियोगितामा छात्र–छात्रा भलिबल, १०० मिटर, २०० मिटर, ४०० मिटर र ८०० मिटर दौड, हाइजम्प, लङजम्पका सहित एथलेटिक्सका विद्याहरुमा प्रतिस्पर्धा हुँदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?