शहीद बहुमुखी क्याम्पस ‘स्टुडेण्ट अफ द इयर २०७९’ को उपाधी अस्मिता खनाललाई

पाल्पा, शहीद बहुमुखी क्याम्पसको ‘स्टुडेण्ट अफ द इयर २०७९’ को उपाधी अस्मिता खनालले जित्न सफल भएको छ । विद्यार्थीहरुको सर्वाङ्गीण विकासका लागि क्याम्पसको ३१ औं वार्षिक उत्सवको अवसरमा आयोजित प्रतियोगितामा अन्य प्रतिस्पर्धीलाई पछि पार्दै विएड प्रथम वर्षमा अध्ययनरत खनालले उपाधी हात पारेको हो ।

प्रतियोगितामा फस्ट रनर अप विविएस दोस्रो वर्षका सृष्टि केसी, सेकेण्ड रनर अप विविएस दोस्रो वर्षका सन्देश ढकाल भएका छन् । त्यस्तै विद्या गत तर्फ वेष्ट एक्सप्रेसनको उपाधी विविएस तेस्रो वर्षका रमेश पोखरेल, वेष्ट प्रसनालिटीको उपाधी विविएस तेस्रो वर्षका मधुसुदन आचार्य, मिस ट्याक फुलको उपाधी विविएस प्रथम वर्षका समृद्धि घिमिरे, वेष्ठ म्यनरको उपाधी विएड प्रथम वर्षका सितल राना र मिस एक्टीभको उपाधी विविएस तेस्रो वर्षका मुना सेनले जितेको हो ।

प्रतियिोगिताका विजेताहरुलाई क्याम्पस सभाको अवसरमा प्रमुख अतिथी लुम्बिनी प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठ, क्याम्पस सञ्चालक समितिका अध्यक्ष नेत्र प्रसाद भट्टराई र क्याम्पस प्रमुख मुरारी प्रसाद काफ्लेले पुरस्कार प्रदान गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?