रैनादेवी छहरा २ बाट चितुवाको छालासहित एक जना पक्राउ

पाल्पा, रैनादेवी छहरा गाउँपालिका वडा नम्बर २ दिगबाट चितुवाको छालासहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । स्थानीय ३८ वर्षका सोमान सिंह खत्रीलाई चितुवाको छालासहित ईलाका प्रहरी मुझुङले नियन्त्रणमा लिएको हो ।

खत्रीले चितुवाले घरको बाख्रा खाएको भन्दै बिषादी प्रयोग गरेर चितुवा लाई मारेर छाला काढेको भन्ने सुराकीका आधारमा प्रहरीको गोस्ती टोलीले खत्रीलाई नियन्त्रणमा लिएको प्रहरीले बताएको छ।

खत्रीको घरमा खानतलासी गर्ने क्रममा उनको घर बाट मुख देखि पुच्छर सम्मको ६ फिट २ इन्च लम्बाई र ३ फिट चौडाई भएको चितुवाको छाला फेला पारेको थियो । थप अनुसन्धानका लागि सव डिभिजन वन कार्यालय हार्थाेक बुझाएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक वीरेन्द थापाले जानकारी दिनुभयो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?