पाल्पा, रामपुर नगरपालिका २ खयरबोटमा शुक्रबार देखि १६ औं ओकेबाजे कप भलिबल तथा जनउत्थान परिषद् बौद्धिकला तथा एकल नृत्य प्रतियोगीता सुरु हुने भएको छ । जनउत्थान परिषद् रामपुर गाँडाकोट पाल्पाको २२ औं वार्षिकोत्सबको अवसरमा प्रतियोगिता हुन लागेको हो ।
विद्यार्थीलाई मनोरन्जन र प्रोत्साहन गर्ने उद्देश्यले स्वास्थ्यका लागि खेलकुद, शिक्षाका लागि खेलकुद भन्ने नारा सहित परिषद्ले विभिन्न कार्यक्रम आयोजना गरेको हो । शुक्रबार (भोली) र शनिबार (पर्सी) खयरबोट ओके बाजे रंगशालामा हुने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । प्रतियोगितामा रामपुर नगरपालिका र निस्दी गाउँपालिकाका विद्यालयहरु प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिता अन्तर्गत छात्र/छात्रा मावि स्तरीय भलिबल खेलमा ८/८ विद्यालय समूह दर्ता भएको छ । छात्र भलिबल प्रतीगोगीतामा प्रथम, दित्तिय र तृतीयलाई क्रमश नगद २० हजार, १५ हजार र १० हजार साथमा मेडल र प्रमाणपत्र पुरस्कार रहेको छ । शुक्रबार हुने छात्र भलिबल खेल तर्फ रजघरा बोर्डिङ स्कुल र सरस्वती मावि गाडाँकोट वीच उद्घाटन खेल हुने भएको संस्थाका उपाध्यक्ष एवम खेल संयोजक विष्णुबहादुर थापाले जानकारी दिनु भयो । यस्तै गरी मा.वि. स्तरीय छात्रा भलिबल प्रतियोगीतामा प्रथम, द्धितिय र तृतीय हुनेलाई क्रमश नगद १२ हजार, ८ हजार र ४ हजार, साथमा मेडल र प्रमाणपत्र पुरस्कार रहेको छ । २०५७ सालमा साविक गाँडाकोट गाविसमा रहेका ९ वटै वडामध्ये ५ वटा वडामा रहेका युवाक्लवलाई लक्षित गरि सामाजिक काम गर्ने उद्देश्यले संस्था गठन गरी अगाडि बढेको यस संस्थाले पूर्वी पाल्पामा छुट्टै पहिचान बनाउन सफल भएको छ । जनउत्थान परिषद् पूर्वी पाल्पामा छात्रा भलिबलको उत्प्रेरणा र संचालन गर्ने पहिलो संस्था हो ।
बालबालिकाको शिक्षा, खेलकुद विकास लगायतका विभिन्न सामाजिक क्षेत्रमा काम गर्ने लक्ष्यका साथ गठन भएको संस्थाले सोही उद्देश्य र लक्ष्य अनुसार काम गरिरहेको परिषद्का अध्यक्ष भेषराज पोखरेलले जानकारी दिनुभयो । जापानीज नागरिक काजुमासा काकिमी (ओकेबाजे) र डाक्टर हिडेकी कावडाले बालबालिकाको खेलकुद विकासका लागि छात्रछात्रालाई १/१ लाख र थप १ लाख ५० हजार गरि जम्मा ३ लाख ५० हजार बराबरको कोष जम्मा भएको रकम, स्थानीय सरकार तथा विभिन्न संस्थाको सहयोगमा संस्थाले कार्यक्रम गर्दै आइरहेको संस्थाका सचिव चिरञ्जीवी सिग्देलले बताउनुभयो ।