अंशुवर्मा मावि निस्दी २ को ५६ औं वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न

पाल्पा, अंशुवर्मा माध्यमिक विद्यालय निस्दी गाउँपालिका वडा नं. २ सहलकोटको ५६ औं वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । विद्यालयले विहिबार एक समारोहका विच दिवस मनाएको हो ।

निस्दी गाउँपालिका शिक्षा शाखा संयोजक नर बहादुर थापाले वार्षिक उत्सव समारोहको उट्घाटन गर्दै विद्यालयको सिकाई उपलब्धी वृद्धि संगै गुणस्तर कायम गर्नका लागि सरोकारवालाहरुको सहयोग आवश्यक रहेको बताउनुभयो । उहाँले पछिल्लो समय सन्तानको शिक्षाको लागि शहर पलायन हुने क्रम बढ्दो क्रममा रहेको भन्दै सबै जना मिलेर लागेमा गाउँमै स्तरिय शिक्षा दिने वातावरण बनाउन सम्भव रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा निस्दी गाउँपालिका २ का निवर्तमान वडा अध्यक्ष पूर्ण बहादुर थापा बाकाबल, वडा नं. २ का वडा सदस्य टेकबहादुर चौहान, वडा नं. २ का कृषि प्राविधिक नामाकर सञ्ज्याल, पशु प्राविधिक अमर पण्डित लगाएतले शुभकामना व्यक्त गर्नु भएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देविलाल लामिछानेले विद्यालयको भावी योजनाको बारे जानकारी गराउनु भएको थियो । वार्षिक उत्सवको अवसरमा विद्यालयका प्रधानाध्यापक पहल सिं सिंजालीले १ करोड बराबरको आर्थिक प्रतिवेदन सहित विद्यालयको वार्षिक प्रगति विवरण प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रम कै अवसरमा साईतामा युनेस्को बाट प्राप्त ४० जना विद्यार्थीहरु छात्रवृति वितरण गर्नुका साथै निस्दीमा सम्पन्न राष्ट्रपति रनिङ शिल्ड उपाधी जित्न सफल विद्यार्थीहरुलाई सम्मान गरिएको शिक्षक दिल बहादुर लामिछाने जानकारी दिनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देविलाल लामिछानेको अध्यक्षतामा भएको कार्यक्रम विद्यालयका सहायक प्रधानाध्यापक दान बहादुर थापाको स्वागत बाट सुरु भएको थियो । कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक खिमाकान्त बाकाबलले गर्नु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?