पाँचौ मेयर कप यही माघ २३ गते देखि किसानबारीमा हुने

पाल्पा , रामपुर पाल्पामा पाँचौ मेयर कप २०७९ यही माघ २३ गते देखि हुने भएको छ । रामपुर नगरपालिकाको आयोजनामा पाँचौ मेयर कप हुने भएको हो ।

मेयर कप अन्तर्गत नगरभित्रका वडा स्तरिय ६ वटा विधाका खेलहरु हुने भएको छ । खेल रामपुर नगरपालिका वडा नं. ७ को किसानबारी खेल मैदानमा हुने छ । मेयर कप अन्तर्गत पुरुष तथा महिला भलिबल प्रतियोगिता , पुरुष फुटबल , क्रिकेट , व्यडमिन्टन , सटफुट र डोरी तान्ने प्रतियोगिता हुने रामपुर नगरपालिकाका नगर प्रवक्ता कपिल बहादुर खाँणले जानकारी दिनुभयो । मेयर कप अन्तर्गत हुने सवै प्रतियोगिता वडा स्तरिय हुने उहाँले बताउनुभयो ।

रामपुर नगरपालिकाले मेयर कप २०७९ संचालनका लागि नगर खेलकुद विकास समिति रामपुर पाल्पालाई जिम्मेवारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?