१६ औं ओकेबाजे कप भलिबल तथा जनउत्थान परिषद् बौद्धिकला तथा एकल नृत्य प्रतियोगीता सुरु

पाल्पा , रामपुर नगरपालिका २ खयरबोटमा शुक्रबार देखि १६ औं ओकेबाजे कप भलिबल तथा जनउत्थान परिषद् बौद्धिकला तथा एकल नृत्य प्रतियोगीता सुरु भएको छ ।

रामपुर नगरपालिका र निस्दी गाँउपालिका भित्रका विद्यालयका विद्यार्थीहरु विच हुने प्रतियोगिताको आज एक कार्यक्रमका विच उद्घाटन गरिएको छ । प्रतियोगिताको उद्घाटन गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले विभिन्न समयमा हुने विविध प्रतियोगिता तथा कार्यक्रमले बालबालिकाको बौद्धिक तथा शारिरिक विकास हुने बताउनुभयो । विद्यालयमा गराईने अध्ययपनले मात्र विद्यार्थीको सर्वाङ्गिण विकास नहुने भन्दै उहाँले कितावी ज्ञान संगै बाहिरी ज्ञानको पनि आवश्यकता पर्ने बताउनुभयो । विद्यार्थीहरुलाई सामाजिक बनाउनका लागि खेलकुद तथा बौद्धिक कार्यक्रमले सघाउ पु¥याउने उल्लेख गर्नुभयो । नगर प्रमुख थापाले विद्यार्थीहरुको क्षमता र प्रतिभा देखाउने अवसर प्रदान गर्न कार्यक्रम आयोजना गरेकोमा आयोजकलाई धन्यवाद दिदै कार्यक्रम सफलताको शुभकामना दिनुभयो ।

कार्यक्रम अन्तर्गत पुरुष भलिबल तर्फ १० समुहको सहभागिता रहेको छ भने महिला भलिबल तर्पm ९ समुहको सहभागिता रहेको छ । प्रतियोगितामा रामपुर नगरपालिका र निस्दी गाँउपालिकाका माध्यमकि विद्यालयहरुको सहभागिता रहेको छ । छात्र भलिबल प्रतीगोगीतामा प्रथम, दित्तिय र तृतीयलाई क्रमश नगद २० हजार, १५ हजार र १० हजार साथमा मेडल र प्रमाणपत्र पुरस्कार रहेको छ । यस्तै गरी मा.वि. स्तरीय छात्रा भलिबल प्रतियोगीतामा प्रथम, द्धितिय र तृतीय हुनेलाई क्रमश नगद १२ हजार, ८ हजार र ४ हजार, साथमा मेडल र प्रमाणपत्र पुरस्कार रहेको छ ।

जापानिज नागरिक समाजसेवि काजुमासा काकिमि ओकेबाजेको आर्थिक सहयोगमा भएको कार्यक्रम जनउत्थान परिषद्का उपाध्यक्ष विष्णु बहादुर थापाको स्वागत परिषदका कावा अध्यक्ष भेषराज पोखरेलको अध्यक्षता र सचिव चिरिन्जिवी सिग्देलको संचालनमा सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?