राम कुवामा नियमित साहित्यिक रचना वाचन कार्यक्रम सम्पन्न

पाल्पा, रामपुर नगरपालिका–७ रामकुवामा नियमित साहित्यिक रचना वाचन कार्यक्रम सम्पन्न भएको छ । पौराणिक एवं धार्मिकस्थल रामकुवा राम मन्दिरको प्रवद्र्धन तथा प्रचारप्रसार गर्ने उद्देश्यका साथ रामपुर सहित्यिक प्रतिष्ठान रामपुर पाल्पाको आयोजना, मुक्तक मञ्च रामपुरको सहआयोजा र समाजसुधार आमा समुह रामपुर ७ पाल्पाको अतिथ्यतामा कार्यक्रम भएको हो ।

रचना वाचन कार्यक्रमको उट्घाटन गर्दै रामपुर नगरपालिका ७ का वडा अध्यक्ष दोवराज तिवारीले साहित्यकोे माध्यम बाट पौराणिक एवं धार्मिक स्थल रामकुवाको महत्वको उजागर गरिदिएको धन्यवाद दिनुहुँदै साहित्य विधाको उजागर गर्न वडाले पनि आवश्यक सहयोग गर्ने बताउनुभयो । उहाँले साहित्य जिवन र जगतलाई जोड्ने सशक्त माध्यम भएको बताउनुभयो । कार्यक्रममा रामपुर नगरपालिका वडा नं. ७ का वडा सदस्य एवं कार्यपालिका सदस्य दुर्गादेवी भण्डारी गौतम, वडा सदस्य एवं रामपुर नगरपालिका न्यायिक समितिका सदस्य खेमराज अधिकारी र प्रगतिशिल सहित्यकार राम गैरे पाल्पालीले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

रामपुर सहित्यिक प्रतिष्ठान बासुदेव ढकालले प्रतिष्ठानले साहित्यको उत्थान संगै यस क्षेत्रका पर्यटकिय एवं धार्मिक स्थलहरुको प्रवद्र्धनका नियमित रुपमा रचना वाचन कार्यक्रम गर्दै आएको जानकारी दिनुभयो । रामपुर सहित्यिक प्रतिष्ठानका अध्यक्ष बासुदेव ढकालको अध्यक्षतामा भएको समाजसुधार आमा समुह रामपुर ७ पाल्पाका अध्यक्ष हिरा पोखरेलको स्वागत बाट सुरु भएको थियो । कार्यक्रमको सञ्चालन मुक्तक मञ्च रामपुरका उपाध्यक्ष समिर पौडेलले गर्नु भएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?