चौबिस माईलमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

पाल्पा, सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा–बुटवल खण्डको चौबिस माईलमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत घर भइ हाल स्याङ्जाको वालिङ नगरपालिका–८ बस्ने ३६ वर्षीय विनय चौधरी रहेका जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको लु २९ प ३२९७ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट जाँदै गरेको ग २ ख ८४३ नम्बरको ट्रकले तिनाउ गाउँपालिका–५ चौबीस माइलमा दिउँसो पौने १२ बजे ठक्कर दिएको थियो । ठक्कर बाट गम्भीर घाइते चालक चौधरीको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारका क्रममा शनिबार दिउँसो साढे १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।

ट्रकसहित चालकलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यसअघि पाल्पाको बगनासकाली गाउँपालिका ९ मा ट्याक्टरले स्कुटरलाई ठक्कर दिँदा दुईजनाको मृत्यु ज्यान गएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?