रामपुरमा पोखरा विश्व विद्यालयको आंगिक क्याम्पस सञ्चालन सम्बन्धि छलफल

पाल्पा, पोखरा विश्व विद्यालयको आंगिक क्याम्पस स्थापना सम्बन्धि छलफल शनिबार रामपुर पाल्पामा सम्पन्न भएको छ । रामपुर नगरपालिका वडा नं. ३ को घट्टारमा आंगिक क्याम्पस संचालनका लागि छलफल भएको हो ।

छलफल कार्यक्रममा बोल्दै पोखरा विश्व विद्यालयका उपकुलपति प्रेम नारायण अर्यालले विगत लामो समय देखि विभिन्न चरणमा छलफल हुँदै आएको क्यापस संचालनको प्रक्रिया अहिले पनि चलिरहेको बताउनु भएको छ । उहाँले विगतमा भएका छलफलका आधारमा अहिले पनि स्थापनाको लागि प्रक्रियाको चरणमा रहेको बताउनुभयो । अब सो स्थानमा प्राविधिक टोलीले अध्ययन गर्ने र कार्यकारी परिषदबाट निर्णय गरेर अघि बढ्ने बताउनु भएको छ । उहाँले आंगिक क्याम्पस स्थापनाका लागि सो क्षेत्रको जग्गाको भोगाधिकार दिन आवश्यक रहेको उल्लेख गर्नुभयो । यस क्षेत्रको शैक्षिक विकासमा सक्रिय सहभागिता रहने जनाउदै उपकुलपति अर्यालले तिनै तहको सरकार विच समन्वय गरेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । रामपुर ३ घट्टारमा भएको  कार्यक्रममा पोखरा विश्व विद्यालयका डिन राजेश ठाकुराटीले स्थानियबासी र स्थानिय सरकारको समन्वयमा क्याम्पस संचालनका लागि विश्व विद्यालय तयार रहेको बताउनुभयो ।

कार्यक्रममा रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले विगतका छलफलबाट बातावरणिय प्रभाव मुल्याङ्कनको काम सकिएकोले क्याम्पस स्थापना गर्ने नगर्ने कुरा पोखरा विश्व विद्यालयको हातमा रहेको बताउनुभयो । उहाँले स्थानिय सरकारबाट गर्नु पर्ने जुन सुकै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै यथासक्य छिटो काम अगाडी बढाउन आग्रह गर्नुभयो ।

रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रम पोखरा विश्व विद्यालयका उपकुलपति प्रेम नारायण अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । रामपुर नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष दामोदर पाठकको स्वागतबाट सुरु भएको कार्यक्रमको संचालन समाजसेवि उमनाथ अर्यालले गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?