प्रणय दिवसको अवसरमा शहीद बहुमुखी क्याम्पसमा रचना वाचन कार्यक्रम हुने

पाल्पा, प्रणय दिवसको अवसरमा शहीद बहुमुखी क्याम्पस रामपुर पाल्पामा विशेष खुल्ला रचना वाचन कार्यक्रम हुने भएको छ । फागुन २ गते प्रणय दिवसको अवसर पारी नेपाल विद्यार्थी संघ शहीद बहुमुखी क्याम्पस इकाई समितिले कार्यक्रम गर्न लागेको हो ।

साहित्यको उत्थानको लागि संघले रचना वाचन कार्यक्रम सञ्चालन गर्न लागेको हो । विहान ७ बजे हुने प्रतियोगितामा सहभागीले प्रेम संग सम्बन्धित कविता, मुक्तक र गजल विद्याका साहित्यिक रचना वाचन गर्न सक्नेछन् । प्रतियोगितामा प्रथम, द्वितिय र तृतिय हुनेले क्रमश नगद ५ हजार, ३ हजार र २ हजार नगद पुरस्कार प्राप्त गर्ने नेपाल विद्यार्थी संघ शहीद बहुमुखी क्याम्पस इकाई समितिका सचिव शालिकराम खनालले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?