इमान सिं राना
पाल्पा, रामपुरमा जारी तेस्रो रामपुर महोत्सव तथा व्यापार मेलामा शनिबार दिनभर स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुति जारी थियो । अपरान्ह तिर चर्चित लोक तथा दोहोरी गायक राजु परियारको प्रस्तुतिको समय आयो दर्शकहरु सांस्कृतिक कार्यक्रमको मञ्च तर्फ झुम्मिए ।
झण्डै १६ वर्ष पछि रामपुर आउनु भएका परियारले पहिलो पटक रामपुर आउँदाको पल स्मरण गर्दै आमाहरुको सम्झनामा गित गाउने बताउँदा माहोल भावुक बन्न पुग्यो । “हामीले एउटै कुरा भुल्नु हुन्न । जुनजुन सुकै भगवानलाई ढोगे पनि जिवित भगवान माता र पिता हुनुहुन्छ । आमाहरुको सम्मान गर्दै गित गाउन चाहान्छु ।” उहाँले जब, ‘रुँदा रुदै हिजो, आमा आमा आमा हो तिम्रो सम्झनाले सिरानी नै भिज्यो’ भाका गाउनुभयो मेला दर्शकहरु मत्रमुग्ध भए ।
त्यस पछि उहाँले “डाली पलाउने, भेटेसी छुट्टिन मनै नलाउने”, “सुर्ती जर्धाले जान्छौ कि जान्नौ है आट्यो मर्दले” भाका गाउँन थाले पछि दर्शकहरु हुटिङ्ग संगै नच्न थालेका थिए । “धुरु धुरु रुवायो मलाई यही पाल्पाली रामपुरे मायाले” लोकभाकामा दर्शकहरुले थप साथ दिएका थिए । रामपुर संग मेरो भावना जोडिएको छ भन्दै उहाँले गित सुरु गर्नु भएको थियो । धेरै दर्शकले पुरानो लोक भाका ‘सुनपानीले छर्क मायालु’, ‘रुमालधोको छु।’ गितको अपेक्षा गरे पनि समाज धेरै माथि उठिसकेको भन्दै एक टुक्का मात्र गाउनुभयो । “यो समाज धेरै शिक्षित भैसकेको समाज हो । घरीघरी यहि कुरा गरिहँदा अब त शिक्षाको कुरा गरौं, प्रगतिको कुरा गरौं भन्ने लाग्छ । हाम्रा बुवा बजेले भोग्नुभयो अब त्यस्तो छैन । गाउ भन्छ समयले नगा भन्छ । एक टुक्का गाउँछु भन्दै सुनपानी छर्क मायालु एकल भाका सुरु गर्नु भएका परियारले दर्शकहरुको माग पछि दुई टुक्का सुनाउनु भएको थियो ।
त्यस पश्चात ‘आँटम भो मायाँ जे परे पर्ला, कर्मैमा लेखेको टारेर तर्दैन’ भन्दै दर्शक माझ पुग्दै गर्दा हुटिङ्गको वर्ष भएको थियो । पञ्चेबाजा राष्ट्रिय बाजा रहेको भन्दै पञ्चेबाजा भाका गाउँदै दर्शकहरु माझ पुग्नु भएको थियो । परियारले लाईभ दोहोरी संगै दरौं सिरुबारी, दुरा डाँडे दाई एकल भाकामा हजारौं दर्शक झुमेका थिए । मेलाको दोस्रो दिन लोक गायिका शिला आलेले एकल र दोहोरी गीत प्रस्तुत गर्नु भएको थियो । आलेले ‘खैजडीको ताल कान्छा, रुवाउने हँसाउने रैछ मायाँ जाल’, ‘गोरखा मनकामना’, ‘उज्यालो भएको छैन, झुक्यायो जुनपापी ताराले’ लगाएतका भाका प्रस्तुत गर्नु भएको थियो । साँझ पख शनिबार गायक दिनेश ढकालले “कालो केशमा रेलिमै’, ‘टुङ्गनाको धुनमा’ लगाएतका भाका मार्फत दर्शकहरुलाई चनाउनु भएको थियो ।
शनिबार दिनभर व्यापारिक स्टल, बालउद्यान, होटल तथा रेष्टुरेण्टहरुमा दर्शकहरुको उल्लेख्य सभागिता रहेको थियो । दोस्रो दिन झण्डै १२ हजार बढी दर्शकहरुले मेलाको अवलोकन गरेको रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले जानकारी दिनुभयो । शनिबारको कार्यक्रम लुम्बिनी प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । लोक गायक राजु परियार, गायिका शिला आले, संघका महासचिव खिम बहादुर केसी सहितको लाईभ दोहोरी रहेको थियो । साथै कार्यक्रममा नृत्यकार साहिर केसी, गिता रोका मगर सहित स्थानिय कलाकारहरुको प्रस्तुति रहेको थियो । सांगितिक कार्यक्रमको सञ्चालन रामकृष्ण थापाले गर्नु भएको थियो ।
यस्तै भोली मेलामा चर्चिक लोक तथा दोहोरी गायक पशुपति शर्मा, चन्द्र शर्मा, गायिका जमुना राना, हास्यकलाकार पुरषोत्तम भण्डारी पुर्खे बाको प्रस्तुति रहने सांस्कृतिक कार्यक्रमका संयोजक दिपक केसीले जानकारी दिनुभयो । कार्यक्रमको सञ्चालकको भुमिकामा सुमन गैरे रहनु हुनेछ । रामपुर उद्योग वाणिज्य संघको आयोजना र रामपुर नगरपालिकाको संरक्षणमा फागुन ८ सम्म सञ्चालन हुने मेलाको आकर्षणका रुपमा स्थानीय कृषि उत्पादनको प्रदर्शनी तथा विक्री सहितको ३ सय बढी स्टल, बाल उद्यान, हेलिकप्टर÷प्याराग्लाइडिङ्ग बाट मनोरम दृश्य अवलोकन, कालीगण्डकीमा जलयात्रा (र्याफ्टिङ्ग), स्थानीय स्तरका मौलिक र स्वदिष्ट खाना सहितका २२ वटा होटेल तथा रेष्टुरेण्ट, जिल्ला स्तरिय भलिबल प्रतियोगिता रहेको छ ।
संघको भवन निर्माण, कोरोना महामारीले धरासायी बनेको आर्थिक क्षेत्रलाई चलायमान बनाउन, कालीगण्डकी बेशी क्षेत्र पहिचान संगै पर्यटन प्रवद्र्धन, कृषक तथा उद्योगी व्यवसायीहरु प्रोत्साहन गर्नको आयोजित मेला शुक्रबार बाट सुरु भएको हो ।