पाल्पा, तेस्रो रामपुर महोत्सव तथा व्यापार मेलाको चौथो दिन दर्शकहरुको घुँईचो लागेको छ । आज सार्वजनिक विदा हुनुका साथै बालकलाकार सुप्रिम मल्लको प्रस्तुति रहने भएकाले पनि भिड लागेको हो ।
महोत्सवको टिकट विक्री गर्ने स्थान देखि व्यापारिक स्टल, बाल उद्यान, साँस्कृतिक कार्यक्रम स्थलमा भिड लागेको छ । दिउँसो २ बजे पछि टिकट विक्री कक्ष अगाडि भिड लागेको टिकट व्यवस्थापन समितिका संयोजक एवं रामपुर उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष भरतराज देवकोटाले जानकारी दिनुभयो ।
आजको आकर्षणको रुपमा बाल कलाकार सुप्रिम मल्ल संगै लोकदोहोरी गायक मोहन खड्का, दोहोरी च्याम्पियन गायक प्रकाश पराजुली, गायिका आरती रुचाल, हास्यकलाकार नीर आले मगरको प्रस्तुति रहने आयोजकले जनाएको छ । प्रस्तोताको रुपमा नेत्रपाणी बास्टोला रहनु भएको छ ।