रामपुर महोत्सवमा मंगलबार एलिना चौहान, सुप्रिम मल्ल सहितको प्रस्तुति रहने

पाल्पा, तेस्रो रामपुर महोत्सव तथा व्यापार मेलामा मंगलबार गायिका एलिना चौहान, बालकलाकार सुप्रिम मल्ल सहितका कलाकारहरुको प्रस्तुति रहने भएको छ । पछिल्लो समय सर्वाधिक दर्शकहरुको मागमा रहनु भएका आधुनिक गायिका एलिना चौहानको उपस्थिति रहने आयोजकले जनाएको छ ।

चौहान संगै बालक कलाकार मल्ल, देउडा लोकगायक सुरेश शाही, लोक दोहोरी गायिका शान्ति डोटेल, लोक दोहोरी गायक कुशल वेलवासेको प्रस्तुति रहने मेलाका सांस्कृति कार्यक्रम संयोजक दिपक केसीले जानकारी दिनुभयो । प्रस्तोताको रुपमा कल्पना कल्पना रेग्मी रहनु हुनेछ ।

बालक कलाकार मल्लको प्रस्तुति सोमबार भनिए पनि आउन ढिलो भएकाले सोमबार छोटो मात्र रहेको थियो । सोमबार सुप्रिमले एक वटा मात्र गित गाएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?