ईलाका प्रहरी कार्यालय रामपुरमा खुल्ला व्याटमिन्टन प्रतियोगिता सम्पन्न

पाल्पा, ईलाका प्रहरी कार्यालय रामपुर पाल्पामा खुल्ला व्याटमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । तेस्रो रामपुर महोत्सव तथा व्यापार मेलाको अवसरमा समुदाय र प्रहरी विचको सम्बन्ध सुमधुर बनाउन तथा खेलकुदको विकासका लागि ईलाका प्रहरी कार्यालयले प्रतियोगिता सञ्चालन गरेको थियो ।

मंगलबार विहान कार्यालय परिसरको व्यामिन्टन कोर्टमा भएको फाईनल खेलमा रामपुरका शंकर बहादुर खाँण र सन्तोष सारुको टिमलाई सोझो सेटमा पराजित गर्दै स्याङ्जा दामाचौरका विशाल थापा र विमल कुमालको टिमले उपाधी जितेको हो । यस संगै २८ समुहको सहभागिता रहेको प्रतियोगितामा खाँण र सारुको टिम उपविजेता बनेको छ । विजेता र उपविजेताले क्रमश नगद १० हजार र ६ हजार सहित कप, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । ४५ वर्ष माथिको भेट्रान कपको उपाधी रामपुरका जय बहादुर सार्की र प्रेम बयम्बुले हात पारेको छ । उनीहरुले नगद ३ हजार सहित कप, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।

प्रतियोगितामा विजयी समुहलाई एक कार्यक्रमका विच पुरस्कार प्रदान गरिएको थियो । ईलाका प्रहरी कार्यालय रामपुरका प्रमुख प्रहरी निरिक्षक लक्ष्मण देवकोटाको अध्यक्षतामा भएको कार्यक्रम रामपुर उद्योग वाणिज्य संघका महासचिव खिम बहादुर केसी (पुरुषोत्तम) को प्रमुख आतिथ्यतामा भएको हो ।

पुरस्कार वितरण गर्दै प्रमुख अतिथी केसीले प्रतियोगिताले खेलकुदको विकास संगै प्रहरी र समाज विचको सम्बन्ध थप सुमधुर बनाउन सहयोग गर्ने बताउनुभयो । प्रहरी निरिक्षक देवकोटाले कतिपय जनता अझै पनि प्रहरी कार्यालय पुग्नै डराउने अवस्था कायम नै रहेको भन्दै जनता र प्रहरी विच नजिकको सम्बन्ध स्थापित गर्न प्रतियोगिता सञ्चालन गरिएको बताउनुभयो । कार्यक्रमको सञ्चालन हरी ज्ञावलीले गर्नु भएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?