रामपुर महोत्सवमा बुधबार देखि जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु

पाल्पा, तेस्रो रामपुर महोत्सव तथा व्यापार मेलामा बुधबार देखि जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । १० जिल्लाको सहभागिता रहेको प्रतियोगिताको प्रतियोगिताका प्रदेश खेलकुद परिषद् लुम्बिनी प्रदेशका सदस्य सचिव जयप्रकाश भट्टराईले उट्घाटन गर्नु भएको हो ।

प्रतियोगिताको उट्घाटन गर्दै भट्टराईले खेलकुद राष्ट्रलाई चिनाउने आधार रहेको बताउँदै परिषद् संघियता संगै प्रदेश स्तरीय संरचना तयार पार्न लागि परेको बताउनुभयो । उहाँले खेलकुदको विकासको लागि खेलकुदको वर्गिकरण संगै संरचनाको वर्गिकरण गरेर आवश्यक रहेको बताउनुभयो । अन्तराष्ट्रिय स्तरका खेलको लागि स्थानिय तह बाटै अघि बढ्नु पर्ने बताउनुभयो । रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले खेलकुदको विकासको लागि प्रतियोगिता सञ्चालन गरिएको बताउनु भयो ।

स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ हुन लागेको प्रतियोगिता जिल्ला भलिबल संघ पाल्पाको आयोजना, नगर खेलकुद विकास समिति रामपुरको सहआयोजना, रामपुर भलिबल संघको व्यवस्थापन र रामपुर उद्योग वाणिज्य संघको मुख्य प्रायोजकमा सुरु भएको प्रतियोगिताको उट्घाटन कार्यक्रम जिल्ला भलिबल संघ पाल्पाका अध्यक्ष राजु गुरुङको अध्यक्षता, नगर खेलकुद विकास समितिका अध्यक्ष कमल सेनको स्वागत र दुर्गेश मल्लको सञ्चालनमा भएको हो । प्रतियोगितामा पाल्पा, स्याङ्जा, तनहुँ, नवलपुर, गुल्मी, रुपन्देही, कपिलवस्तु, कास्की, बाग्लुङ र पर्वत जिल्लाको सहभागिता रहेको छ ।

उट्घाटन खेल पाल्पा र नवलपुर विच भएको थियो । खेलमा नवलपुरले पाल्पालाई २÷० को सोझो सेटमा नवलपुरले पाल्पालाई पराजित गरेको छ । २५÷१९ र २५÷२० अंक सहित पाल्पालाई पराजित गरेको हो । प्रतियोगिताको उपाधि विजेताले नगद १ लाख ५१ हजार १ सय ११ रुपैयाँ सहित कप मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै प्रतियोगितामा दोस्रो हुनेले नगद १ लाख १ हजार १ सय ११ रुपैयाँ सहित कप मेडल र प्रमाणपत्र र तेस्रो हुनेले नगद ५१ हजार १ सय ११ रुपैयाँ सहित कप मेडल र प्रमाणपत्र प्रप्त गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?